काठमाडौ क्षेत्र नं ५ मा को अगाडी ? स्थानीय तहको मत परिणाम विश्लेषण
कपन अनलाइन
काठमाडौ,कार्तिक १२/विशेष रिपोर्ट
काठमाडौ क्षेत्र नं ५ मा काठमाडौं महानगरपालिका वडा नं २,३,४ ,५ तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं ३,४,५,६,७ र टोखा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ मिलेर बनेको छ ।
यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिका वडा नं २,३ र ४ मा नेकपा एमालेले विजय प्राप्त गरेको थियो भने काठमाडौ महानगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको वडा नं ३,५ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए भने वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी बनेको थियो ।टोखा नगरपालिका को वडा नं ४,५ र ७ मा नेकपा एमालेले जित हासिल गरेको थियो भने वडा नं २,३ र ६ मा नेपाली कांग्रेस विजयी बनेको थियो ।
यस विशेष सामग्रीमा स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा रहेका वडाहरुमा मुख्य चार पार्टी नेपाली कांग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत समेटिएको छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुमा नेपाली कांग्रेस बाट विजयी बनेका वडा नं ५ अध्यक्षको मत १,६८० रहेको छ भने पराजित बनेका ३ वटा वडामा कुल मत ५,७०५ रहेको छ ।काठमाडौ महानगरपालिका तर्फ नेपाली कांग्रेसले कुल प्राप्त मत ७,३८५ रहेको छ ।
त्यस्तै नेकपा एमालेको तर्फ बाट काठमाडौं महानगरपालिका वडा नं २,३ र ४ मा विजयी बनेका नेकपा एमालेका वडा अध्यक्षहरुको कुल मत ८,७१५ रहेको छ भने पराजित बनेको वडा नं ५ मा १,६७५ मत रहेको छ ।काठमाडौं महानगर तर्फ नेकपा एमालेको कुल प्राप्त मत १०,३९० रहेको छ ।
काठमाडौ महानगरपालिका तर्फ नेकपा एमाले नेपाली कांग्रेस भन्दा ३,००५ मतले अगाडी रहेको छ ।
त्यसतै बुढानिलकण्ठ नगरपालिकाका वडा नं ४ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बनेका थिए जसको कुल मत १,६६८ रहेको छ भने पराजित बनेका वडा नं ३,५र ७ मा नेपाली कांग्रेसका वडा अध्यक्षले प्राप्त गरेको कुल मत १,५९५ रहेको छ । बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले कुल ३,४६३ मत प्राप्त गरेका छन ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं ३,५ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए जसले प्राप्त गरेको कुल मत १,७७० रहेको छ भने पराजित बनेका उम्मेदवारको मत १०४० रहेको छ । बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको कुल प्राप्त मत २८१० रहेको छ ।
बुढानिलकण्ठ नगरपालिका तर्फ नेपाली कांग्रेस नेकपा एमाले भन्दा ४५३ मतले अगाडी रहेको छ ।
टोखा नगरपालिकाको वडा नं २,३ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए जसले प्राप्त गरेको कुल मत २८८० रहेको छ भने पराजित बनेको ४,५ र ७ वडामा कुल १,७३३ मत प्राप्त गरेका छन । टोखा नगरपालिकामा नेपाली कांग्रेसले कुल ४,६१३ मत प्राप्त गरेको छ ।
टोखा नगरपालिकाको वडा नं ४,५ र ७ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार हरुले कुल १,९५८ मत प्राप्त गरेका छन भने पराजित बनेका उम्मेदवारले कुल २,३०१ मत प्राप्त गरेका छन ।टोखा नगरपालिकामा नेकपा एमालेको कुल मत ४,२५९ मत रहेको छ ।टोखा नगरपालिकामा नेपाली कांग्रेस नेकपा एमाले भन्दा ३५४ मतले अगाडी छ ।
काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसको स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १५,४६१ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले कुल १७४५९ मत प्राप्त गरेको थियो ।काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमाले नेपाली कांग्रेस भन्दा २,१९८ मतले अगाडी रहेको छ ।
काठमाडौं क्षेत्र नं ५ का १५ वटा वडामा राप्रपाले कुल १,९१७ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले कुल ३,२८४ मत प्राप्त गरेका छन ।
यस क्षेत्रमा नेपाली कांग्रेस र राप्रपा गठवन्धन हुदा उनीहरुको कुल मत १७,३७८ रहेको छ भने नेकपा एमाले र नेकपा माओवादी गठवन्धनको कुल मत २०,७४३ रहेको छ । काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धन ३,३६५ मतले अगाडी रहेको छ ।
२०६४ र २०७० शालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नरहरी आचार्य यस क्षेत्र बाट विजयी बनेका थिए ।
२०७० शालको निर्वाचनमा नेकापा एमालेका महासचिव ईश्वर पोखरेल झिनो मतले पराजित बनेका थिए । अहिले यस क्षेत्रमा नेकपा एमालेको तर्फ बाट महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसको तर्फ बाट प्रकाश शरण महत उम्मेदवार बनेका छन । यस क्षेत्रमा अहिले कसले जित्ने भन्ने प्रदेस सभा क्षेत्रका उम्मेदवार र तिनले पार्ने प्रभावले ठुलो भूमिका खेल्ने देखिन्छ ।