नेपाल राहत शिक्षक काठमाण्डौ जिल्ला उत्तर पश्चिम भेगिय समिती गठन
कपन अनलाइन
काठमाण्डौ, कार्तिक ११,
नेपाल राहत शिक्षक समिती अन्तर्गत काठमाण्डौ जिल्लाको उत्तर पश्चिम भेगिय समिती भेला आज तरुण मावी बालाजुमा सम्पन्न भयो । भेलाले एघार सदस्यिय कार्यसमिती समेत निर्माण गरेको छ ।
कार्यसमितिको अध्यक्षमा प्रकास अधिकारी, उपाध्यक्ष बशन्ती श्रेष्ठ , सचिवमा बासु अधिकारी, सहसचिवमा दिपक भट्टराई, कोषाध्यक्ष हरिकृष्ण केसि सहित ६ जना सदस्य रहेका छन ।
नव गठित कार्यसमितिले भुगोल, समानुपातिक समावेसीको प्रतिनिधित्व र क्षेत्रको आधारमा अन्य चार जना सदस्य मनोनयन गर्नेछ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रिय संयोजक खेमराज अधिकारिले अब काठमाण्डौ जिल्ला राहत शिक्षक आन्दोलनको लागी उद्गम स्थल बन्ने बताए ।
उहाले काठाण्डौका राहत शिक्षक तातेको बताउदै अबको नेतृत्व स्थानिय तहमा जुझारु बन्नुपर्ने धारणा राख्दै दोस्रो निकासामा राहत शिक्षकलाई पनि पोसाक भत्ता निकासा हुने अधिकारिले जानकारी गराए ।
त्यस्तै केन्दृय उपाध्यक्ष खगेन्द्र पौडेलले अब राहत सिक्षकले बिगतका उपलब्धिहरुलाई सस्थागत गर्दै स्थायित्वको लडाई सशक्त ढङ्गले अगाडी बढाउनुपर्ने आवस्यक्ता रहेको बताए ।
काठमाडौं जिल्ला कार्यसमितिका सहसचिब रमेश अधिकारिको अध्यक्षतामा सम्पन्न भएको भेलामा अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सचिब आनन्द खनाल, उत्तरपूर्वी भेगिय समितिका अध्यक्ष शन्करराज न्यौपाने र राहत शिक्षक काठमाण्डौ जिल्लाको पुर्व अध्यक्ष मनोज आचार्यले पनि राहत शिक्षक आन्दोलनको बारे चर्चा गरेका थिए ।
सो भेलाको सम्योजन डम्बर राईले गर्नुभएको थियो ।