ओखलढुंगा प्रदेस क्षेत्र “क” मा मित्रसेन दाहाल

ओखलढुंगा प्रदेस क्षेत्र “क” मा मित्रसेन दाहाल

कपन अनलाइन 

ओखलढुंगा ,कार्तिक ५ ।

नेपाली कांग्रेस ओखलढुंगाले प्रदेस क्षेत्र “क ”मा मित्रसेन दाहाललाई उम्मेदवार बनाएको छ । त्यसतै प्रतिनिधि सभा क्षेत्रका लागि रामहरी खतिवडा र प्रदेस क्षेत्र “ख” मा प्रदिप सुनुवार लाई उम्मेदवार बनेका छन ।

प्रदेस क्षेत्र “क” मा सिफारिस भएका दाहाल लामो समय देखि नेपाली कांग्रेसका विभिन्न भूमिकामा रहेका नेता हुन् । उनले नेपाली कांग्रेस ओखलढुंगाको विभिन्न तहमा बसेर कार्य गरेका थिए ।

नेपालको बिज्ञापन बजारको प्रवर्धन र विकासमा योगदान दिएका दाहालले प्रेस तथा छापाखाना क्षेत्रमा पनि आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।

राजनीतिका अलावा उनि लेखन र समाज सेवामा सक्रिय छन । उनले काठमाडौं जिल्लाको लप्सिफेदिमा जेष्ठ नागरिकहरुका लागि मैत्री आश्रम निर्माण कार्यको नेतृत्व  गरेका छन भने जेपी प्रतिष्ठान मार्फत शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि योगदान दिएका छन ।

तपाइँको प्रतिक्रिया ।