सिन्धुपाल्चोक–काठमाडौँ ३ नं. क्षेत्रीय सम्पर्क मा पुन मदन गुरुङ : नेकपा मावोवादी भन्ने पार्टीनै छैन
आशिष गुरागाईं जेठ २६ कपन काठमाडौँ /नेकपा (एमाले) सिन्धुपाल्चोक–काठमाडौँ ३ नं. क्षेत्रीय सम्पर्क मञ्चको छैठौँ सम्मेलन हिजो जेठ २५ गते कपन पार्टी प्यालेस, कपनमा सम्पन्न गरेको छ । सो सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि नेकपा (एमाले) वैकल्पिक पोलिटब्यूरो सदस्य अरुण नेपाल रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष मदन गुरुङले गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्व अध्यक्ष समेत रहेका हस्त पण्डित, वागमती अञ्चल समयन्वय कमिटीका सदस्य भगवती नेपाल, जिल्ला कमिटी सिन्धुपाल्चोकका सचिवालय सदस्य एवम् सम्पर्क मञ्च इन्चार्ज जि.एल. श्रेष्ठ, सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष खेलनाथ सिग्देल लगायतका नेताहरुको उपस्थिति रहेको थियो
करिब ७०० भन्दा बढी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु रहेको हलमा मन्तव्य राख्दै अरुण नेपाल ले भने अब जिरो किलो भन्दा भित्र र सखु बाट माथि मावोवादीका पहिला तपाई हरुले भेट्टाउनु हुन्, नेकपा मावोवादी जनताको बहुदलीय जनवादको परिधिमा आहिसकेको र अब नेपालमा नेकपा मावोवादी भन्ने पार्टी नरहेको वाहको तर्क थियो ।
२४ वटा गाउँ सम्पर्क मञ्च, महिला, युवा, विद्यार्थी, दलित, जनजाति गरी १६८ जना प्रतिनिधि रहेको सो सम्मेलनले मदन गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको थियो । नवनिर्वाचित मञ्चका उपाध्यक्षमा विदुर लुईटेल, सचिव सुरेन्द्रप्रसाद ढकाल, सह–सचिव हेमेश तामाङ, कोषाध्यक्ष विनोदप्रसाद लामिछाने रहेका छन् !