नेपाल राहत शिक्षक समिती प्रदेस नं ४ को अधिवेसन सम्पन्न

नेपाल राहत शिक्षक समिती प्रदेस नं ४ को अधिवेसन सम्पन्न

कपन अनलाइन 

पोखरा ,असोज २८।

नेपाल राहत शिक्षक समिती अन्तर्गत प्रदेस नम्बर ४ को प्रथम अधिवेसन पोखरामा आज सम्पन्न भएको छ ।

अधिवेसनबाट कास्की जिल्ला अध्यक्ष समेत रहनुभएका बिष्णु प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष रामप्रसाद खनाल, महिला उपाध्यक्षमा दुर्गा खनाल, महासचिवमा तिर्थराज ढकाल सहित १७ सदस्यिय समिती निर्वाचित भएका छन । कास्कि, बाग्लुङ्ग, तनहु, म्याग्दी, पर्वत, गोर्खा लम्जुङ्ग, नवलपरासी लगायत ११ जिल्लाका राहत शिक्षकहरुको उपस्थिती थियो ।

केन्द्रीय अध्यक्ष गोकुल रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनको अध्यक्षता कास्की जिल्ला अध्यक्ष बिष्णु भट्टराईले गर्नुभएको थियो भने केन्द्रीय संयोजक खेमराज अधिकारी, केन्द्रीय सहअध्यक्ष बिरेन्द्र मल्ल लगायत कास्की जिल्लाबाट अन्य सङ्ग सङ्ग्ठनका अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।