आज कपनमा एकीकृत घुम्ति शिविर ,नेकपा–माओवादीले बिथोल्ने,उच्च सुरक्षा तयारीमा कपन प्रहरी
आशिष गुरागाईं /कपन , २६ जेठ। सरकारी निकायले सञ्चालनमा ल्याएको एकिकृत घुम्ती शिविर बिहान ७ बजे देखि बालउद्धार स्कूल तथा कपन कलेजको प्रांगण मा सन्चालन भएको छ । सेवाग्राहीलाई घरदैलोमा नै सरकारी सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले देश भर सञ्चालनमा ल्याएको यस घुम्ती शिविर मा करिब ५००० स्थानीय बासीहरूलाई सेवा दिने लक्ष्य कपन गाविसले राखेको छ । कपन कलेजलाई केन्द्र बनाएर भोलि नै यस क्षेत्रका स्थानीयवासीलाई नागरिकता, फोटोसहितको मतदाता परिचयपत्रका लागि फोटो खिचाउने कार्य गरिने छ यसैगरी शिविरमा स्वास्थ्य, शिक्षा, सरसफाइ, मालपोत, भूमिसुधार, नापीलगायतका अन्य सरकारी सेवा उपलब्ध गराउँने गाविस सचिव लोमस आचार्य जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा – मावोवादीले बिथोल्ने ।
एकीकृत घुम्ती शिविर नेकपा – मावोवादीले बिथोल्ने जनाएको छ आफ्नो मागहरूको उचित सम्मान नभएको र खिला राज रेग्मीले राजीनामा नदिएसम्म यस प्रकारका कार्यक्रमहरु गर्न नदिने अडान नेकपा – माओवादी को रहेको छ, यसै अन्तर्गत भोलि हुने एकीकृत घुम्ती शिविर सञ्चालन हुनदिदैनौ त्यसका लागि सिंगो क्षेत्र तयार भएर बसेको छ नेकपा – माओवादीको उच्च स्रोतले कपन अनलाइन बतायो ।
उच्च सुरक्षा तयारीमा कपन प्रहरी प्रभाग
एकीकृत घुम्ती शिविर नेकपा -माओवादीले बिथोल्ने छनक पाएको कपन प्रहरी प्रभागले शिविर स्थल सुरक्षाका लागि थप सुरक्षा बल मगाएको छ । कार्यक्रमलाइ लक्षित गरि थप सुरक्षा दस्ता मगाउने र हिजै देखि आकस्मिक चेकजाँचलाई तिब्र बनाएका छौँ, भयरहित ढंगले भोलि र पर्सिको कार्यक्रम सफल हुने प्रभागको प्रमुख प्रहरी निरीक्षक रोशन कुमार सिजापती