नेकपा एमाले काठमाडौं क्षेत्र नं ६ प्रदेस क्षेत्रमा रामभक्त (बम्जन) गुरुङको सिफारिस

नेकपा एमाले काठमाडौं क्षेत्र नं ६ प्रदेस क्षेत्रमा रामभक्त (बम्जन) गुरुङको सिफारिस

कपन अनलाइन 

काठमाडौ,असोज २५।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ६ ले प्रतिनिधि सभा र प्रदेस सभाका क्षेत्र तर्फ उम्मेदवार सिफारिस गरिसकेको छ । सो सिफारिस अहिले काठमाडौं जिल्ला कमिटि हुदै प्रदेस नं ३ कमिटीमा छलफलमा रहेको छ । यो सिफारिसमा क्षेत्र नं ६ को प्रदेस क्षेत्र तर्फ त्यस क्षेत्रका युवा नेता रामभक्त (बम्जन) गुरुङको पनि नाम सिफारिसमा परेको छ ।

स्व.पीता श्रीराम गुरुङ र माता शान्ति गुरुङ को सन्तानको रुपमा २०२१ शालमा जन्मिएका गुरुङ ले बौद्ध बहुमुखी क्याम्पस बाट बौद्ध अध्ययनमा स्नातकोत्तर (एम ए )गरेका छन ।

गुरुंगले नेकपा एमाले वडा नं २६ कमिटिको सचिव ,पर्यटन इलाका कमिटिको सदस्य ,लोकतान्त्रिक जनजाती महासंघको प्रदेस सदस्य रहेर राजनीतिक भूमिका निर्वाह गरेका छन भने उनि नेकपा एमालेका विभिन्न कार्यक्रम र गतिविधिमा निरन्तर कृयाशील रहदै आएका छन ।

चिन ,फ्रान्स ,इटाली लगायत विस्वका १० भन्दा बढी मुलुकको भ्रमण गरेका गुरुङ नेसनल गोर्खा बचत तथा ऋण सहकारीको र हिमालयन ओनडस  एक्सपिडिसनको प्रवन्ध निर्देसक र जान मिलन साकोसको सल्लाहकार को भूमिका निर्वाह गरिसकेका छन ।

राजनीति र व्यवसाय का अलावा गुरुङ विभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन ।उनि नेपाल नेपाल एसोसियसन ओफ राफ्टिंग एजेन्ट्सको उपाध्यक्ष ,नेपाल राफ्टिंग एण्ड क्यनोइन्ग संघ को कोषाध्यक्ष ,ठमेल जागरण परिवारको सल्लहाकार ,तारकेश्वर तामांग समाजको बरिस्ट सल्लहाकार रहेर काम गरिसकेका छन ।

तपाइको उम्मेदावरी किन भन्ने कपन अनलाइनको प्रश्नमा उनले क्षेत्र नं ६ को सामाजिक ,संस्कृतिक र भौतिक विकासमा स्पस्ट दृस्टीकोण र योजना आफु संग रहेकोले त्यसैको कार्यान्वयन का लागि दावी रहेको बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।