विभिन्न धनमाल डकैती

धनुषा, जेठ २३ गते
धनुषाधाम–३ सिकियाहा टोल बस्ने सिम्बल मुखिया, गेना मुखिया, नथुनी मुखिया सहित १० जनाको घरबाट विभिन्न धनमाल डकैती भएको छ ।
आज ०१:३० बजे हातहतियार सहित १५/२० जनाको संख्यामा आएका डाँकाहरुको समूहले नगद ११ लाख ३० हजार रुपैया, सुनका गहना १२ तोला ८ आना, चाँदीका गहना २ सय ५० तोला, अमेरीकन टर्चलाईट ५ थान र मोवाइल ८ थान लुटेको बताइएको छ ।
डाँकाहरुको प्रतिकार गर्ने क्रममा सोही ठाँउ बस्ने मेनेजर मुखिया सामान्य घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा लगिएको छ । फरार डाँकाहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।