काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.को १५ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.को १५ औं वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन 

काठमाडौ,असोज २४।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. को १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ  । सहकारी मन्त्री अम्बिका बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा नेफ्स्कुन का अध्यक्ष डी वी बस्नेत ,बरिस्ट उपाध्यक्ष परितोष पौडेल , ऋषि घिमिरे, डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख  आनन्द सारु  आदिको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एशियाली ऋण महासंघ अक्कुका उपाध्यक्ष, नेफ्स्कूनका पूर्व अध्यक्ष तथा  कास्कूनका पुर्व संचालक ऋषि घिमिरेलाई कास्कुन सम्मान  प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सहकारी ऐनले सहकारी क्षेत्रका धेरै विकृतिलाई न्युनीकरण गर्ने तथा सहकारी अभियानमा महिलाको उपस्थितिले महिलाको जीवनस्तर उठाएको र अबको कार्यभार सहकारीको माध्यमबाट नेपाली र नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने रहेको बताएकी थिइन् ।

त्यस्तै नेफ्स्कुन का अध्यक्ष डिवी बस्नेतले  काठमाडौंको सहकारी अभियानलाई जोखिममा आधारित सुरक्षा प्रणालीमा आबद्ध हुन आह्वान गरेका थिए भने बरिस्ट उपाध्यक्ष परितोष पौडेलले नेफ्स्कून अबको सहकारी अभियान उद्योगशीलता, नवप्रवर्तन, संस्था र सदस्यको सुरक्षा, शिक्षा तथा स्वास्थ्यतर्फ जोडिनु पर्नेमा जोड दिएका थिए ।

डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख आनन्द सारु स्थानीय तहमा सहकारी गएकाले स्थानीय सरकारलाई सहकारीको नीति निर्माणका सम्बन्धमा सहजीकरण गर्नुपर्ने अभिभारा कास्कून जस्ता संघको रहेको बताएका थिए भने कास्कुन सम्मान बाट सम्मानित ऋषि घिमिरेले  सहकारी अभियानले अब पर्ल्स मोनिटरिङ, जोखिममा आधारित सहकारी सुरक्षा प्रणाली आदि सुरक्षा प्रणाली अपनाउनु पर्ने मा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता कास्कुनका अध्यक्ष केसव प्रसाद दंगालले गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।