क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी १० को मृत्यु
कपन अनलाइन
लस एन्जेलस, २४ असोज । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जना को ज्यान गएको समाचार छ ।
क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो । यसमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ ।
हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।
यहाँको विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ । यसमा परी कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन् । अरु पनि स्थानीय संरचनाहरु जलेर खरानी भएका छन् ।
प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् । आगलागीको नियन्त्रणका लागि भएका प्रयासहरु पनि प्रभावकारी हुन सकेका छैनन् । निकै ठूलो आगोको मुस्लोले उक्त राज्यको हजारौँ हेक्टर जमिन ढाकेको ।
यसको नियन्त्रणका लागि सहज होस भनेर सबैतिर बन्द सगरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपतकालको घोषणा गर्नुभएको छ ।
आइतबार रातिबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।
वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ । सो बगानमा हजारौँ कामदार छन् । उनीहरु लाई आइतबार राति नै हेलिकोप्टरले सुरक्षित ठाउँमा लगेको बताइएको छ । आगोको गति निकै तीब्र रहेका बाइएको छ । तीब्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।
अमेरिकाको मौसमसम्बन्धी राष्ट्रिय सेवाले सान फ्रान्सिस्को क्षेत्रमा सुख्खापन बढी भएको र तीब्र गतिमा हावा बहेको कारणले गर्दा सो क्षेत्रमा आगो पनि तीब्र गतिमा फैलिनसक्ने चेतावनी सर्वसाधारणमा जारी गरेको छ ।