राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन

राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन

कपन अनलाइन 

रसुवा, २० असोज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गरेका  छन ।

उनले धार्मिक एवं पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान गरी पूजाअर्चनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी राष्ट्रपति भण्डारीले आजै धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ गणकोसमेत निरीक्षण गर्नुभई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको सचिव पौडेलले बताए ।

सो अवसरमा रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको वस्तुस्थिति र कालीजङ गणका गणपति प्रमुख सेनानी शीतल बानियाँले गणले गरेका जैविक विविधता संरक्षणसम्बन्धी गतिविधिबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका हुन् ।

तपाइँको प्रतिक्रिया ।