नेकपा एमाले काठमाडौं जिल्ला क्षेत्र नं ६ मा उम्मेदवार सिफारिस

कपन अनलाइन 

काठमाडौ,असोज २०।

नेकपा एमाले काठमाडौं जिल्ला क्षेत्र नं ६ ले प्रतिनिधि सभा र प्रदेस सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा र प्रदेस  सभाको निर्वाचनका लागि धेरै नेताहरु आकांक्षी देखिए पछी ति  नेताहरुको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको क्षेत्र नं ६ का एक नेताले बताए।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ६ को प्रतिनिधि सभाको क्षेत्रमा योगेन्द्र संग्रौला ,राम शरण घिमिरे ,प्रह्लाद बुढाथोकी र विमल नर सिंह प्रधानको नाम सिफारिस गरेको छ।

त्यस्तै प्रदेस क्षेत्र नं १ मा केसव स्थापित ,निरेश लाल सिंह र अर्जुन लाल प्रधान लगायतको नाम सिफारिस गरिएको छ। यस  निर्वाचन क्षेत्रको प्रदेस क्षेत्र नं २ मा लव बस्नेत ,लेखनाथ फुयाल ,कृष्ण प्रसाद अधिकारी ,उद्दव तिमल्सिना ,विश्व  नाथ लामिछाने , कृष्ण बहादुर अधिकारी लगायतको नाम सिफारिस गरिएको एक क्षेत्रीय सदस्यले बताए।

यस क्षेत्रमा विगतका २ वटा संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदावर निर्वाचित भएका थिए। अगिल्लो निर्वाचनमा यस क्षेत्र बाट नेकपा एमालेका सचिव योगेस भट्टराई उम्मेदवार रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।