पूरा भो नारायणहिटी हत्याकाण्ड १२ वर्ष बितिसक्दापनि , तथ्य अझै खुलेन
काठमाडौं, १९ जेठ/ आज नारायणहिटी दरबार हत्याकाण्ड भएको १२ वर्ष पूरा भएको छ ।
१९ जेठ ०५८ को रात दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो । राजपरिवारका सदस्यहरूको पारिवारिक जमघटका वेला भएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रृतिसहित दशजनाको मृत्यु भएको थियो ।
घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई आमनेपालीले विश्वास गर्न सकेका छैनन् । नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने उक्त त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो ।
तत्पश्चात् महत्त्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन ०६२/६३ को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य भने अझै बाहिर आउन सकेको छैन ।