डि.बि. थापाको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं १८ गते/नेकपा (एमाले) सिन्धुपाल्चोक–काठमाडौँ २ नं. क्षेत्रीय सम्पर्क मञ्चको छैठौँ सम्मेलन आज कपन पार्टी प्यालेस, कपनमा भव्यताका साथ सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य  सुभाष कर्माचार्य रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष  राजन आचार्यले गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष  झम्क नेपाल, वागमती अञ्चल सम्पर्क कमिटीका अध्यक्ष  श्याम बस्नेत, वागमती अञ्चल समयन्वय कमिटीका सदस्य भगवती नेपाल, जिल्ला कमिटी सिन्धुपाल्चोकका सचिवालय सदस्य एवम् सम्पर्क मञ्च इन्चार्ज  जि.एल. श्रेष्ठ, सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष  खेलनाथ सिग्देल लगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो । करिब ५००  भन्दा बढी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको  सक्रिय सहभागिता रहेको थियो ।

389370_10200720208680270_563164572_n
२५ वटा गाउँ सम्पर्क मञ्च, महिला, युवा, विद्यार्थी, दलित, जनजाति गरी १४९ जना प्रतिनिधि रहेको सो सम्मेलनले  डि.बि. थापाको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको थियो । नवनिर्वाचित मञ्चका उपाध्यक्ष  मिलन दनुवार, सचिव  नेत्रप्रसाद आचार्य, सह–सचिव होमप्रसाद भट्टराई, कोषाध्यक्ष  केशवराम नेपाल रहनु भएको छ

तपाइँको प्रतिक्रिया ।