आज गुरु लुइटेल स्मृति दिवस
कपन अनलाइन
काठमाडौ,असोज ६ ।
आजको दिन ओखलढुंगा जिल्लाको राजनीतिक र शैक्षिक वृतको लागि अविस्मरणीय दिनको रुपमा रहेको छ । आजकै दिन ओखलढुंगा जिल्लाको तत्कालिन फुलवारी गाविसका सामाजिक र शैक्षिक क्षेत्रका अभियन्ता गुरु प्रसाद लुइटेलको माओवादीहरु द्वारा हत्या गरिएको थियो ।
फुलवारी गाविसको ज्ञान प्रकाश माविका शिक्षक लुइँटेल समान्य जीवनशैली अपनाउने त्यस क्षेत्रका चर्चित समाजिक अभियन्ता समेत थिए जसले सो समय कम्युनिस्ट विचारधारा लिएर पंचायत विरोधी गतिविधिमा संलग्न समेत भएका थिए। पंचायत विरोधी आन्दोलन र गतिविधिमा संलग्न भएका उनि पटक पटक जेल पर्नुका साथै तारेक समेत धाएका थिए ।
प्रजातन्त्र स्थापना पश्चात पनि कम्युनिस्ट विचार बोके बापत उनलाई अपायक सरुवा समेत गरिएको थियो ।
उनको हत्यामा सम्लग्न अपराधीहरु विरुद्ध अदालतमा मुद्दा बिचराधिन रहेकोे छ। आज स्मृति दिवसको अवसरमा बृहत शान्ति सम्झौताको नाममा हत्यामा संलग्नहरु खुल्ला रुपमा हिडिरहेको भनि उनको परिवारले आपत्ति जनाएको छ। न्यायको लागि लडिरहेको उनको परिवारले यो प्रवृतिको अन्त्य गर्नु पर्ने र न्यायको वातावरण बन्नु पर्ने माग गरेको छ ।
तपाइँको प्रतिक्रिया ।