काठमाडौ क्षेत्र नं ३ मा को को छन प्रतिनिधि सभा र प्रादेशिक क्षेत्रको टिकट दौडमा ?

काठमाडौ क्षेत्र नं ३ मा को को छन प्रतिनिधि सभा र प्रादेशिक क्षेत्रको टिकट दौडमा ?

कपन अनलाइन

काठमाडौ,असोज ३ ।

तेश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात अहिले राजनीतिक दलहरु प्रतिनिधि सभा र प्रादेशिक क्षेत्रको निर्वाचन तयारीमा लागेका छन

अहिले प्रत्येक राजनीतिक दलहरुमाको उम्मेदवार बन्ने भन्ने विषयले आन्तरिक रुपमा चर्चा पाउन थालेको छ ।काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३ मा पनि अहिले सम्भावित उम्मेदवारहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। यो चर्चा परिचर्चाको क्रममा नेकपा एमाले अगाडी देखिएको छ ।

काठमाडौ महानगरपालिका को वडा नं ६ ,गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडा र कागेश्वरी मनोहरा नगरपालिका को वडा नं १,२ र ३ मिलेर बनेको क्षेत्र नं ३ मा नेकपा एमालेबाट उम्मेदवारी दिन सक्ने सम्भावित व्यक्तिहरुको वारेमा राजनीतिक र जन स्तर दुवैमा चर्चा सुरु भएको क्षेत्र नं ३ का एक एमाले नेताले बताए ।

काठमाडौ निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले ३ जना सम्भावित उम्मेदवारको रुपमा देखिएका छन । जसमा वर्तमान सांसद रामेश्वर फुंयाल , केन्द्रिय सदस्य विश्वनाथ प्याकुरेल र एमालेलाई काठमाडौं जिल्लामा सानदार जित दिलाएर चर्चामा रहेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई रहेका छन । यी ३ जना मध्ये कसले टिकटको बाजी मर्छ अहिले नै भन्न नसकिने नेकपा एमाले काठमाडौ जिल्लाका एक नेताले बताए ।

त्यस्तै काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रादेशिक क्षेत्र तर्फ क्षेत्र नं १ मा काठमाडौं महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेका छन भने प्रादेशिक क्षेत्र नं २ तर्फ गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३,४,६,७,८ र ९ साथै कागेश्वरी  मनोहरा नगरपालिका का वडा नं १,२ र ३ रहेका छन ।

यस क्षेत्रको प्रादेशिक क्षेत्र नं १ तर्फ अहिले नेकपा एमालेमा साविक जोरपाटी गाविसका पुर्व अध्यक्ष गोपाल वराल , डा .विदुर चालिसे र गोकुल वराल दावेदारको रुपमा अगाडी देखा परेका छन । यस क्षेत्रमा गोपाल बराल विकास प्रेमी नेताको रुपमा परिचित छन भने चालिसे प्राज्ञिक व्यक्ति हुन् । त्यस्तै गोकुल बराल पनि त्यस क्षेत्रको संगठनमा प्रभाव राख्ने नेता मध्येमा पर्दछन ।

त्यस्तै प्रादेशिक क्षेत्र नं २ तर्फ अहिले जिल्ला सदस्य हरी कृष्ण श्रेष्ठ ,उद्दव खड्का र राम शरण ढुंगानाको नाम चर्चामा रहेको छ । श्रेष्ठ  २०४४  शाल देखि एमालेमा सक्रिय रहदै गाउ कमिटि  सचिव ,इलाका  सदस्य हुदै जिल्ला सदस्य बनेका हुन् । हाल उनि  गोकर्णेश्वर  नगर कमिटि संयोजक रहेका छन भने प्याव्सनका जिल्ला अध्यक्ष पनि हुन् । त्यस्तै   ढुंगाना  पनि एमालेका  पुराना र क्रियाशील नेता हुन् जो  अहिले काठमाडौ जिल्ला कमिटि सदस्य रहेका  छन । खडका काठमाडौं  क्षेत्र  नं ३ को अध्यक्ष  थिए भने   हाल प्रतिनिधि सभा क्षेत्रीय सदस्य रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।