प्रदीप खड्कालाई ५३ लाखको कार उपहार

कपन अनलाइन 

काठमाडौं  २ असोज । नायक प्रदीप खड्काले कार उपहार पाएका छन् । फिल्म ‘प्रेम गीत २’ को ५१ दिने सफलताको पार्टीमा निर्माता सन्तोष सेनले प्रदीपलाई हुन्डाइको क्रेटा कार गिफ्ट गरेका हुन् ।

प्रदीपले पाएको कारको बजार मूल्य ५३ लाख पर्न आउँछ ।निर्माताबाट कार उपहार पाउने प्रदीप पहिला नायक हुन् । यसअघि फिल्म ‘लुट’ ब्लकबस्टर भएपछि निर्माताद्वाय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्देशन निश्चल बस्नेतलाई कार उपहार दिएका थिए ।

‘प्रेम गीत २’ को ५१ दिने सेलिव्रेसन कार्यक्रममा फिल्मको शिर्ष कभर गीत प्रतिस्पर्धाका उत्कृष्टको नाम घोषणा गर्दै उनीहरुलाई पुरस्कृत समेत गरियो ।रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ मा प्रदीप खड्का र नव नायिका अश्लेष ठकुरीको मुख्य भूमिका रहेको छ ।

प्रदीपले आशुसेन फिल्मसबाटै बन्ने नयाँ फिल्म दिपेन्द्र सरकारमा मुख्य भूमिकामा अभिनय गर्दैछन् । प्रदीप मिलन चाम्सले बनाउने ‘लिली बिली’मा २२ लाख अनुबन्धित भएका प्रदीपलाई बधाई !

तपाइँको प्रतिक्रिया ।