लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

लन्डन रेलमा हमला गर्ने थप एकजना पक्राउ

कपन अनलाइन 

लन्डन, १ असोज । लन्डनमा केही दिनअघि रेलमा भएको आक्रमणका एकजना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको समाचार छ । लन्डन प्रहरीले सो रेलमा भएको हमलामा संलग्नमध्ये चारजनाको खोजी गरिरहेको छ । एकजना युवकलाई शनिबार अबेर राति लन्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो ।

ती व्यक्तिलाई लन्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो । सो कुराको जानाकारी प्रहरीले एक विज्ञप्तिमार्फत आइतबार गराएको छ । लन्डनको पार्सन्स ग्रिन स्टेशन्समा गएको शुक्रबार सो रेलमाथि हमला गरिएको थियो । उक्त हमलामा परी कम्तीमा पनि ३० जना घाइते भएका थिए ।

लन्डनको प्रहरीले सो हमलालाई आतङ्ककारी हमला भनेको छ । क्षति सानो भए पनि त्यो आतङ्ककारी हमला नै थियो भन्दै प्रहरीले ती हमला कारीहरुको खोजी गरिरहेको जनाएको छ । लन्डनमा यसअघि पनि आतङ्ककारी हमला हुने गरेको छ । जसका कारण केही मानिसको हताहत पनि भएको छ ।

तपाइँको प्रतिक्रिया ।