यमनमा २० जना हुथी विद्रोही मारिए

यमनमा २० जना हुथी विद्रोही मारिए

कपन अनलाइन 

साना, १ असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ । यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सरकारी पक्षबाट शनिबार जारी वक्तव्यमा अरु दश जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ । गठबन्धन सेनाले शहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार विहान सुरु भएको सुरक्षा कारबाही शनिबार विहानसम्म चलेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

कारबाहीका क्रममा भएको भिडन्तमा परी सुरक्षाकर्मीतर्फका चार जनाको मृत्यु भएको र अरु चार जना घाइते पनि भएको सरकारी पक्षले जनाएको छ । घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्दछ । कम्तीमा पनि विगत दुई वर्षदेखि त्यस क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकूकाबीचमा दैनिक भिडन्त हुने गर्दछ ।

तपाइँको प्रतिक्रिया ।