चुडु चुडु जस्तो लाग्यो (कविता )

चुडु चुडु जस्तो लाग्यो (कविता )

कपन अनलाइन /सन्तोष लुइटेल 

 कविता 

गगन जस्ता ठुला ठुला देख्दा अँ।खा तिम्रा

परेलिकै गाजलुमा बाँस बसु जस्तो लाग्यो।

फराकिलो पारिलो

त्यो बेशी जस्तो तिम्रो

त्यो बिशाल निधारमा चुमु चुमु लाग्यो।

 

गङगा जमुना सरि राता राता

ओठ तिम्रा

बर्खाको भेल सरि तेहि भित्र झुमु लाग्यो।

 

काश्मिरका स्याउ जस्ता हृश्ट पुश्ट गाला हेरि

भोकाएको मृग जस्तै निल्न मलाई मन लाग्यो

खुला आकाश सरि तिम्रो श्वेत रुप देख्दा

हिउदे बर्षा जस्तै बनी खस्न मन लाग्यो

जवानिले भरिएको तिम्रो सुन्दर बदनमा

वर्शायामको जल बनी यत्रतत्र घुमु लाग्यो।

 

पर्बतमा लहरिए जस्तै सुन्दर केश लहरा सरि

घनाजङ्गलमा मृग सरि भुलु भुलु लाग्यो

तलाउमा फुलेको कमलको फुलजस्तै

टप्प टिपि बास्ना लिन

चुडु चुडु जस्तो लाग्यो

चुडु चुडु जस्तो लाग्यो।

तपाइँको प्रतिक्रिया ।