प्रादेशिक क्षेत्रीय टिकटको दौडमा विदुर विक्रम खड्का
कपन अनलाइन
काठमाडौ,भाद्र २८।
मंगसिर महिनाको १० र २१ दुइ चरणमा हुने प्रतिनिधि सभा र प्रादेशिक सभाको कार्यतालिका सार्वजनिक भैसके पछी अहिले विभिन्न राजनीतिक दलका नेता निर्वाचनमा आफ्नो दावी प्रस्तुत गर्ने होडवाजीमा लागेका छन ।
काठमाडौ जिल्लाको क्षेत्र नं ४ मा रहेका २ वटा प्रादेशिक क्षेत्रहरुमा पनि स्थानीय नेताहरु आफ्नो दावी अनौपचारिक रुपमा प्रस्तुत गर्न थालेका छन । पछिल्लो क्रममा स्थानीय नेताहरुको टिकट दौड सुरु भएको सजिलै अनुमान गर्न सकिन्छ ।
स्थानीय तहको निर्वाचनमा सानदार जित हासिल गरेको नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाको वडा नं १,२,८,९,१०,११,१२ र १३ मिलेर बनेको प्रादेशिक क्षेत्रमा अहिले एमालेका नेताहरु आन्तरिक दौड र दावीमा लागेका छन । धेरै समकक्षी नेताहरु रहेको यस प्रादेशिक क्षेत्रमा कसले बाजी मार्छ भन्ने अनुमान गर्न निकै कठिन देखिएको छ ।
अहिले यस क्षेत्रमा दावी गर्ने नेताहरुको पंक्तिमा विदुर विक्रम खड्का पनि उभिएका छन ।उनले घुमाउरो शैलीमा सामाजिक संजालमा पनि आफ्नो दावेदारी प्रस्तुत गरि सकेका छन ।
२०३४ देखि राजनीतिक गतिविधिमा संलग्न भएका खड्का २०३६ शालमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको गणेश मावीको प्रारम्भिक कमिटि अध्यक्ष बनेका थिए ।२०३७ शालमा सोहि विद्यालयको स्ववियु सभापति भएका खड्का २०३८ शालमा मार्क्सवादी अध्ययन समुहको सदस्य बनेका थिए ।
२०४३ शालको पंचायती निर्वाचनमा जान पक्षीय उम्मेदवार बनेर निर्विरोध निर्वाचित बनेका थिए ।तर त्यस वेला प्रजातन्त्रको समर्थन गर्दै सपथ नखाएको उनि स्वयं बताउछन ।
२०५१ शालमा चपली भद्रकाली गाउँ कमिटिको सचिव बनेका खड्का २०५६ मा क्षेत्रीय कमिटी सदस्य, २०६६ सम्म २०६७ देखि जिल्ला संगठन कमिटी काठमाडौको सदस्य हुदै अहिले नेकपा एमालेको जिल्ला कमिटि सदस्य रहेका छन । यसका साथै उनि नेकपा एमालेको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा दलीय प्रतिनिधिको रुपमा समेत काम गरि सकेका छन ।
प्रादेशिक क्षेत्रको उम्मेदवारीमा दावी गर्ने आधार के हुन् भन्ने कपन अनलाइनको प्रश्नमा खड्काले यस क्षेत्रको विकास गर्ने प्रस्ट दृस्टीकोण रहेको बताए । यस्ता दृस्टीकोण हरेक नेताहरुमा हुन्छ तर फरक के छ तपाइको सोच ? भन्ने अर्को प्रश्नमा खड्काले नगरपालिकामा दलीय प्रतिनिधि भएर कार्य गरेको अनुभव र त्यस दौरान गरेको अध्ययनको साथमा यहाको समस्या पहिचान आफुले गरेको बताए ।
सामाजिक संजालमा वेला वेलामा दिने आवेगपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहने खड्का यस क्षेत्रमा स्पस्ट वक्ता नेताको रुपमा पहिचान बनाएका छन ।
खड्काले आफुले टिकट पाएमा नगरभित्र रहेका खोला नाला सफा बनाउने ,ढलको ब्यबस्था गर्ने ,पर्यटन क्षेत्रको घोसणा गरि पुर्वाधार निर्माण गर्ने, पार्क वनाउने ,कृषि क्षेत्र तोक्ने र उत्पादन बडाउने ,खालि जमिनमा उत्पादन गर्न लिजमा दिने लगानिकाे लागि नगरपालिका जमानी बसि बैक मार्फत ऋण बयबस्था गर्ने , अब्यबस्थित सुकुम्बासी समस्या समाधान गर्न जग्गा धनी पुर्जा वितरण घर बनाई बाँस बसाउने आदि कामलाई प्राथमिकतामा राखेर कार्य गर्ने कपन अनलाइनलाई बताए ।
उनले दावी गरे पनि यो टिकटको दौडमा रहेका नेकपा एमाले प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटी , मिठाराम अधिकारी , कुसुम कुमार कार्की ,जयराम थापा र धुर्वराज न्यौपानेलाई पछी पारेर टिकट प्राप्त गर्न भने ठुलै कसरत गर्नु पर्ने देखिन्छ ।