ओम अस्पताल चावहिल तनावग्रस्त

ओम अस्पताल चावहिल तनावग्रस्त

कपन अनलाइन 

काठमाडौ,भाद्र २८ ।

ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

आज बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो । उनी चिारदिनअघि शनिबार अस्पताल० भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरै हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल परिसर घेरेका छन् ।

अस्पताल प्रशासनले भने मृतकको  उपचारमा डाक्टरको लावरवाही अस्विकार गरेका छन् । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिदैनँ,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरि कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले  घटनाको छानबिन गरि कारबाही अघि बढाउने  बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।