४० हजार घुस सहित अध्यागमन विभागका नायब सुब्बा पक्राउ
कपन अनलाइन
काठमाडौ,भाद्र २८।
अध्यागमन विभाग, कालिकास्थानमा कार्यरत नायब सुब्बा कोषराज भट्टराईले भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार घुस सहित कालीमाटी, काठमाडौंबाट मा पक्राउ परेका छन ।
सेवा ग्राही संग घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजलाई रु.४०,०००।–(चालिस हजार) घुस रकम लिंदै गर्दाको अवस्थामा पक्राउ गरि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया ।