बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ बाट बाघको छाला सहित एक व्यक्ति पक्राउ
कपन अनलाइन
काठमाडौ,भाद्र २८।
बुढानिलकण्ठ नगरपालिका वडा नं.८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित सुर्खेत चिसापानी गा.बि.स. वडा नं.५ घर भै हाल कैलाली जिल्ला बलिया गा.बि. स. वडा नं. ५ बस्ने वर्ष ६३ का प्रेम बहादुर शाहीलार्इ एक थान बाघको छाला सहित पक्राउ गरिएको छ ।
शाहीलार्इ केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्रउगरी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको छ ।शाहीको साथ बाट बाघको छाला थान-१ (एक) ।टाउकोदेखि पुच्छरसम्मको लम्बाई :- ८ फिट ८ ईन्च ।पुच्छरको लम्बाई :- २ फिट ६ ईन्च ।बिच भागको चौडाई :- २ फिट ८ ईन्च सहितको सामाग्री बरामद गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।