थापाद्वारा लिखित सांगीतिक पुस्तक लोकार्पण
कपन अनलाइन
काठमाडौँ, २६ भदौ । अवकाश प्राप्त प्र्रहरी उपरीक्षक हस्तबहादुर थापाद्वारा लिखित सांगीतिक पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ ।
उक्त कृति लोकार्पण गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांगीतिक विकासमा यस पुस्तकबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले भने ‘‘लेखकले बेलायती सेनामा रहदा सिकेको सांगीतिक ज्ञानलाई नेपाल भित्र्याएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ब्याण्ड स्थापनाका लागि ठूलो सहयोग पु¥याएकाले यो पुस्तक नेपालको कला संस्कृति र संगीतको विकासमा फड्को मार्न सहयोगी हुने आशा गरेको छु ।’’
पाचाश्त्य कला, संस्कृति र संगीतले नेपाली मौलिक कला संस्कृति र बाजागाजालाई लोप बनाउने खतरा बढेकाले यस्ता पुस्तकले ती बाजालाई सुत्रबद्ध गर्न सहयोग गर्ने उपराष्ट्रपति पुनले बताए । नेपाल नाट्य कला प्रतिष्ठानका कूलपति सरुभक्तले संगीतले मानवजातिलाई मात्र नभइ पशु र वनस्पतिलाई समेत प्रभावित र मन्त्रमुग्ध पार्न सक्ने विज्ञानले पुष्ठी गरेको चर्चा गरे ।
उनले प्रतिष्ठानले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्दै आएको छ भन्दै लेखक थापालाई प्रतिष्ठानले प्रकाशित गर्ने गरी मौलिक र शास्त्रीय संगीत सम्बन्धी पुस्तक लेख्न पनि आग्रह गरे । सांगीतिज्ञ प्रा दीपक जंगमले संगीतका विद्यार्थीका लागि पुस्तक उपयोगी हुने धारणा राखे उनले संगीतका आधारभूत विषयवस्तु उल्लेख गरी लेखिएका पुस्तक पाठ्यक्रममा समेत समेट्न सकिने बताए ।
लेखकले स्टाफ नोटेशन तथा नेपाली पर्व संस्कार र सांस्कृतिक धून, प्राथमिक सुर, समता मार्ग भाग १, २ र भाग ३सम्म २८ वर्षे बेलायती सेनामा रहँदाको अनुभवबाट सिर्जना गरेको जानकारी दिए । उनको यसअघि पनि सरल संगीत, ज्ञानमाला, परम्परागत बिगुल, धून, नामक कृति प्रकाशित भइसकेका छन् ।
थापाले २८ वर्षसम्म गोर्खा– २ जिआर ब्याण्डमा रही क्याप्टेन पदबाट अवकाश लिएका थिए । नेपालमा विसं २०३४ मा नेपाल प्रहरीको ब्याण्डमा रही काम गरेको अनुभव पनि उनमा छ ।