राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
कपन अनलाइन
काठमाडौँ, २६ भदौ ।राष्ट्रपति भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।
तपाइँको प्रतिक्रिया ।