संघीयता पहिचान र विकासको मेरुदण्ड हो : नेता श्रेष्ठ

कपन अनलाइन 

महोत्तरी, २३ भदौ । संघीयता भनेको फेसन नभई पहिचान र विकासको मेरुदण्ड रहेको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका  छन ।

बिहीबार साँझ महोत्तरीको गौशाला नगरपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता श्रेष्ठले संघीयताका लागि मधेशी जनताले विभिन्न समयमा आन्दोलन गर्दा देशमा संघीयता लागू भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आगामी मंसिरमा हुने दुई चरणको चुनावले देशमा संघीयता लागू हुने र सोबाट जनआन्दोलनका शहीदको सपना साकार हुने बताए ।

प्रदेश नं २ मा जनता माओवादी केन्द्रमा विश्वास गर्दै आएका कारणले धमाधम मधेशी नेता माओवादी केन्द्रमा प्रवेश गर्दै आउनु यसको प्रत्यक्ष उदाहरण रहेको धारणा राखे । माओवादी केन्द्रले आगामी निर्वाचनमा पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

तपाइँको प्रतिक्रिया ।