पानीको प्रकोपमा कपन
कपन अनलाइन
काठमाडौ,भाद्र २२ ।
कपनमा आज आएको बढीले धेरै स्थानमा यातायातको आवागमनमा असर गरेको छ। पानी छोटो समय परेको भएता खहरे खोलमा सानो ढल हालेको कारणले पानी बाहिर सडकमा बगेको हो ।
यसले सडक छेउमा रहेका पसल र घरहरुमा ठुलो असर गरेको छ भने विद्यालय बाट घर फर्कने वाल वालिकाहरुलाई कठिनाई सृजना गरेको छ । काठमाडौं महानगरमा भएको घटना यहाँ कुन वेला दोहोरिन्छ त्यो भन्न सकिने अवस्था छैन । बालवालिका मात्र हैन विधालयका सवारी साधन पनि समयमा नै गन्तव्यमा पुग्न नसक्दा अभिभावक र विद्यालय समस्यामा पर्ने गरेका छन ।
यसको समाधानको पहल भएको भाषण र प्रतिवादत्ता जनताले धेरै सुनेका छन तर समाधान हुन् सकेको छैन । खहरेमा ढल हाल्दा यसको दुरगामी असर खयाल नगरी तत्काल सस्तो लोकप्रियताको लागी गरिएको विकासको परिणाम अहिले भोग्नु परेको भन्दै जनताले आक्रोस व्यक्त गर्न थालेका छन तर पनि अतिक्रमण र अनियन्त्रित विकासको नमुना बनेको यो ढल निकासको समस्याले आगामी दिनमा अझै अप्रिय घटना नल्याउला भन्न सकिने अवस्था छैन ।
अलिकति कालो बादल आकासमा देख्ने वितिक्कै बाल्टिन ,कुचो ,जस्ता जम्मा पर्नु पर्ने बाध्यता भोगेका कपनका जनताले यसको समाधानको अपिल सरोकारवाला निकाय सबैमा गरेका छन तर पनि २ जना सांसदले आफ्नो क्षेत्रको बजेट खर्च गरेको क्षेत्र नं ४ को महत्वपूर्ण स्थान कपन जसमा बुढानिलकण्ठ नगरपालिकाका ३ वटा वडा १०,११ र १२ रहेका छन त्यहाँ समस्या समाधान भन्दा पनि दिनानुदिन बढ्दै गएको देखिन्छ।
यसको समधानका लागी खहरे पहिलाको प्राकृतिक अवस्थामा फर्काउनु पर्ने माग पनि अहिले उठेको छ भने यसको लागी धेरै संरचना जोखिममा पर्ने भएकोले ढलको क्षेमता बृद्दि गर्नु पर्ने विकल्प पनि वेलावेलामा सुन्ने गरिएको छ।जुन सुकै विकल्प अपनाएर भए पनि यसको समाधान खोज्न जनप्रतिनिधि र सांसद र जनता नलागे यसले नराम्रो परिणाम सिर्जना गर्ने र यसको असर समग्र क्षेत्रमा पर्ने देखिन्छ ।
फोटो सौजन्य :पुष्पा थापा