भाद्र २४ गते शनिवार बालउद्धार मावीमा निशुल्क स्वास्थ सिविर हुने
कपन अनलाइन
काठमाडौ,भाद्र २२।
काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन कुमार थापाको सांसद कार्यलयको आयोजना र अल्का अस्पताल प्रा.लि. जावलाखेलको सहयोगमा यदि मिति २०७४ भाद्र २४ गते शनिवार वडा नं. १० बालउद्धार मावीको प्राङगणमा विहान १० बजे देखि ३ बजे सम्म गाइनो, दन्त सेवा, नाक कान घाँटी, हाडजोर्नि सेवा र जनरल सेवा सहितको निशुल्क स्वास्थ्य सिविर हुने भएको छ ।
“म स्वास्थ मेरो देश स्वास्थ” भन्ने नाराका साथ हुन लागेको निशुल्क स्वास्थ परिक्षण शिविरमा आफ्नो स्वास्थ परिक्षण गराउन सबैमा आयोजकले अनुरोध गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।