काठमाडौं महानगरपालिकाका उपमेयर सहित १४ वडाअध्यक्षद्वारा वोर्ड बैठक बहिस्कार

कपन अनलाइन

काठमाडौं,भाद्र २१  ।

काठमाडौं महानगरपालिकाका उपमेयर सहित १४ वडाअध्यक्षले वोर्ड बैठक बहिस्कार  गरेका छन् ।

बोर्ड बैठकमा प्रस्तुत गरिने एजेन्डाको बिषयमा आफुहरुलाई पुर्व जानकारी नदिइ वडा अध्यक्षहरुको मानमर्दन गरेको भन्दै उनीहरुले बुधबारको वोर्ड बैठक बहिस्कार गरेका हुन् । बुधबार बिहान ८ बजेकालागि राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा बोलाइएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा बिजयी भएकाहरु तोकिएको समयमानै सभागृगमा भेला भएर आफुहरुलाई सो विषयमा जानकारी नगराएको भन्दै  मेयर प्रती रुष्ट देखिन्थे ।

महानगर प्रमुखमा बिद्याशुन्दर शाक्य निर्वाचित भए पछिको १०१ दिनको प्रगती विवरण सार्वजनिक गर्न बिहिवार पत्रकार सम्मेलन गरेको छ। , सोही विषयमा छलफलको लागि बुधवार वोर्ड वैठक वोलाइएको थियो  तर मनपरी गर्दै जाने हो भने बहुमतले निर्णय गरेर वोर्ड बैठक सम्पन्न गर्न चुनौती दिदै काँग्रेसका वडाध्यक्षहरु बैठक बाट बाहिरिएका हुन् ।

तपाइँको प्रतिक्रिया ।