दक्षिणकाली नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरू

दक्षिणकाली नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरू

कपन अनलाइन 

काठमाडौ,भाद्र २०।

दक्षिणकाली नगरपालिका वडा नं ७ को रास्ट्रीय योजनामा परेका मुख्य योजनाहरुमा दक्षिणकाली खोलाको मुलकुलोको बाधमा बाध बाढी बर्साको पानि भण्डार को योजना कार्यान्यनमा पहल गर्दै वडाको पहिचानका साथै विकासको लागि आफु लागि पर्ने र दिगो बिकासका साथै भैपरी आउने (ढल ब्यबस्थापन ,अबरुद्ध भएका बाटोहरु खुलाउदै) पर्यटनको बिकास गर्ने आफ्नो मुख्य योजना रहेको अध्यक्ष  हरिप्रसाद तिमल्सेनाले बताउनु भयो।

दक्षिणकाली नगरपालिका वडा नं  ७ का सडक तर्फ राजन को घर देखी बिदुर ढुंगेलको घरसम्मको बाटो मर्मत, निमिटोल गणेश मन्दिर सम्मको बाटो स्तारुन्नती गर्ने ,रास्ट्रीय योजनामा परेको दक्षिणकाली, श्री कृष्ण प्रणामी मन्दिर ,झम्केश्वोरी ,सिता कुण्ड, बाघ भैरब ,नौ कोठे देखी  ब्यग्रतिर्थ, दक्षिण गोदावरी ,उषा दरबार हुदै गणेश सम्म पदमार्ग निर्माण गर्न पहल गर्ने , सहदेबको घर बाट बैरे मोटरबाटो स्तारुन्नती  गर्दै कालोपत्रको लागि पहल गर्ने दक्शिकाली ज्युटिकी हुदै कटुवाल दह चक्र तिर्थ बाटो ढलान गर्ने ,कोइल बु ,टौखेल,टापु ,खलास क्वाकल डाडा,सिम ,नाउको धारा हुदै भाजुम सम्म कृषि सडक निर्माण गर्ने ,बाघ भैरब आधारभूत बिद्यालय हुदै चौतारा देखि विच गाउ हुदै डुडेखाला सम्मको बाटो स्तारुन्नती गर्ने ,केउरी  गोरेटो बाटो मर्मत गर्ने,टार मोटरबाटो ग्राबेल गर्ने ,कृष्ण मन्दिर खरिबोट बाटोमा ग्याभिंग जाली लगाउनुको साथै अन्य शाखा र सहायक मार्गमा आवश्यकता हेरी मर्मत सुधार गर्ने योजना रहेको कुरा वडा अधक्ष्य हरि प्रसाद तिमल्सेनाले बताए।

वडामा रहेको खानेपानीको श्रोतलाई ब्यबस्थित बनाइ  मर्मत गर्नुका साथै दक्षिणकाली खानेपानी ब्यबस्थित गरी  वडामा सहज बितरण गर्ने र पानिको पम्प खरिद गर्ने योजना वडा ७ ले बनाएको छ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता सरकारले जेष्ठ नागरिकको अवस्था के कस्तो छ भनि बुझ्नको लागि घरघरमै गएर उनीहरुको अवस्था  जनप्रतिनिधिले बुझोस् भन्ने उदेस्यका साथ् सुरु गरेको हुनाले आफु पानि सामाजिक सुरक्षा भत्ता  घर घरमा नै  पुर्याउनको लागि पहल गर्ने र र्थिक बिपन्नता भएका अशक्त तथा जेस्ठ नागरिक को स्वस्थ उपचारमा सहयोगका लागि पहल गर्नेअध्यक्ष तिमल्सेनाले  बताए।

जेस्ठ नागरिक अपाङ्गता भएका र एकल महिला लाई सम्मानका साथै  मनोरंजनात्मक कार्यक्रम संचालन गर्ने योजना वडाले बनाएको छ।

यस वडाको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक पहल गर्नुका साथै बाघ भैरब आधारभूत बिद्यालयमा ड्रेस र खाजा कार्यक्रम संचालन गर्ने योजना वडा नं ७ को रहेको छ।

वडा को सार्बजनिक जाग्गा संरक्षण गर्न अभिलेख राखी रेखांकन गर्ने मुख्य चोकमा सौर्य बत्ती  जडान गर्ने ,कोपू गाउमा बाताबरण पार्क निर्माण गर्ने र सार्बजनिक स्थानमा सौचालय निर्माण गर्ने योजना रहेको अध्यक्ष तिमल्सेनाले बताए ।

महिला  लक्षित कार्यक्रम तर्फ  शिपमुलक र आयमुलक तालिमहरु जस्तै कागज, कपडाको झोला बनाउने , साना घरेलु उद्योग लाई प्रोत्साहन गर्ने योजना वडाले बनाएको छ ।

वडा नं ७ को धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणका लागी सम्पूर्ण  जात जातिको धार्मिक तथा  सास्कृतिक  झल्कने  संग्राहालय  भुतकुट्ने  डाडामा स्थापना गर्ने  साथै  वडा  ३ र ७ जोड्ने शेष नारायण खोलामा २०० मिटर लम्बाई  र २००मिटर को उचाईमा झोलुंगे पुल निर्माण गरि मिनी बन्जी  संचालन गराउने दीर्घकालीन योजना रहेको अध्यक्ष तिमल्सेनाले बताए।

दक्षिणकाली खेल मैदान निर्माण गरि खेलकुद गतिबिधिहरु संचालन गर्ने साथै वडा कार्यालय ब्यबस्थित् गरि ल्यापटप सहित आवस्यक  सामग्री खरिद गर्ने योजना वडा नं ७ ले बनाएको छ ।

दक्षिणकाली नगरपालिका वडा ७ मा आउने सेवाग्राहीलाई  मुस्कान सहित छिटो छरितो सेवा दिने योजना बनाएको वडामा अध्यक्ष तिमल्सेनाको साथमा शर्मिला सुबेदी ,पार्वती बास्तोला, महेश तामांग जनप्रतिनिधि रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।