दक्षिणकाली नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १९।
दक्षिणकाली नगरपालिका वडा नं ६ का प्राकृतिक ,सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्दै वडालाई धार्मिक तथा प्राकृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्दै नमुना वडा बनाउने प्रमुख योजना रहेको अध्यक्ष शंकरमान महर्जनले बताए ।
वडा नं ६ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,सुधार ,मर्मत र निर्माण गरि वडाका सबै स्थानहरुमा सहज आवागमनको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए । यस्ता मुख्य तथा सहायक सडकहरुमा दक्षिणकाली मन्दिर जाने पुरानो बाटोमा ढुङ्गा सोलिङ गर्ने , इ :छे गल्लीमा ढुङ्गा सोलिङ गर्ने ,प्राचीन दक्षिण काली जोड्ने सिडि निर्माण गर्ने योजना ,सि छे गल्ली पालासीको देखी सुरेश बाजेको घर सम्म बाल निर्माण गरि ढुङ्गा सोलिङ गर्ने, फुल्चोक दोबाटो देखी सामुदायिक भवन सम्म ढुङ्गा सोलिङ गर्नुका साथै सिडि निर्माण गर्ने ,वडा भित्र का ढुङ्गा सोलिङ गरेको बाटो मर्मत सम्भार गर्ने , दिपक श्रेष्ठको घर देखी गोपालेश्वर जाने बाटो बिस्तार गरी ढलान गर्ने ,पन्जल गणेश डिकुबहाल हुदै ढेबी जाने मोटर बाटो निर्माण गर्ने, दक्षिणकाली सानागाउँ देखी मन कामना जोड्ने मोटर बाटो निर्माण गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।
वडा नं ६ को खानेपानीको समस्या समाधानका लागी पन्जल गणेश खानेपानी ट्यान्की निर्माण गर्ने ,शेषनारायण बाट ल्याइएको पानी ब्यबस्थित गर्ने, कमल पोखरी खानेपानी पाइप मर्मत गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।
वडा नं ६ का सार्वजनिक जग्गाहरुको अभिलेखीकरण गर्दै तिनीहरुको संरक्षणको विशेष योजना निर्माण गरी उचित स्थानमा आवस्यक भौतिक निर्माण गर्ने योजना वडाले बनाएको छ । यस्ता निर्माण तर्फ निल बाराही शब दाह ट्रस्ट निर्माण गर्ने, कछु टोलमा सामुदायिक भवन निर्माण गर्ने, कमल पोखरीमा रेलिङ बार लगाउने ,कमल पोखरी गुठी भवन निर्माण सम्पन्न गर्ने आदी योजना वडाले बनाएको छ ।
वडा नं ६ का सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने विशेष योजना बनाएको वडाले महाचुनी जात्रा ,कार्तिक नाच ,हरिशंकर जात्रा ब्य्बस्थापन गर्ने, नित्यनाथ भजन मण्डलको मन्दिर ट्रुस्ट निर्माण गर्ने ,दक्षिण काली मन्दिर परिसर सुधार गर्ने अन्य मठ्मन्दिर मर्मत तथा संरक्षण गर्ने योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष महर्जनले बताए ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने , सामाजिक सुरक्षा भत्ता अशक्तलाई घरमा नै पुर्याउने र उनीहरुका लागी विभिन्न समयमा कार्यक्रमहरुको आयोजना गर्ने अध्यक्ष महर्जनले बताए ।
महीला लक्षित कार्यक्रम तर्फ दक्षिणकाली महिला समूहको लागि फर्निचर खरिद गर्ने , सिद्धिगणेश कृषि समूहका महिलाहरुलाई मौरी पालन तथा पुष्प खेती गर्न आवस्यक सहयोग गर्ने महिलाहरु लाई उद्द्यम सिल तालिमका साथै बित्तीय साक्षरता तथा जीवन उपयोगी तालिम दक्षिण क्षेत्रीय सहकारी समन्वय समिती मार्फत संचालन गर्ने र अन्य व्यक्तित्व बिकास र कृषि तालिम आवश्यकता अनुसार दिने योजना रहेको अध्यक्ष महर्जनले बताए ।
युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागी युबा क्लब सङ समन्वय गरी खेलकुदको बिकास गर्ने साथै पर्यटन प्रबर्द्धनका लागी अध्ययन र अबलोकन भ्रमण गर्ने योजना वडा नं ६ ले बनाएको छ ।
वडा नं ६ को शैक्षिक विकास गर्दै वडालाई नमुना शैक्षिक गन्तव्य बनाउने योजना बनाएको वडाले जननेत्र पुस्तकालय ब्यबस्थित गर्ने , सुर्योदय बाल बिकास केन्द्रमा शिशु स्याहार तथा पौस्टिक आहार कार्यक्रम संचालन गर्ने जनाएको छ ।
वडा नं ६ का पायक पर्ने र आवस्यक स्थानमा सार्बजनिक सौचालय र सौर्य बत्तीको ब्यबस्था गर्ने र सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा दिने अध्यक्ष महर्जनले बताए ।
वडा कार्यलयलाई आधुनिक सेवा सुविधा संम्पन बनाई ब्यबस्थित गर्ने योजना बनाएको वडा नं ६ मा अध्यक्ष महर्जनका साथमा मोहन खड्का , अशोक बलामी , देबलक्ष्मी श्रेष्ठ ,उषा पोडे जनप्रतिनिधि रहेका छन ।