दक्षिणकाली नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

दक्षिणकाली नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,भाद्र १७ ।

दक्षिणकाली नगरपालिका वडा नं ४ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,मर्मत ,सुधार र निर्माण गर्दै वडाका हरेक गाउँ टोलमा सहज यातायातको व्यवस्था गरी वडालाई भौतिक र सामाजिक रुपमा नमुना बनाउने मुख्य योजना रहेको अध्यक्ष पुष्कर खड्काले बताए ।

दक्षिणकाली वडा नं ४ का सडक तर्फ बासबारी देखी  कमेरी सम्म बाटो मर्मत गर्ने, बुझाकोट मोटर बाटो निर्माण गर्ने, दलित टोल दोबाटोबाट गणेशस्थान ग्वाल्दह जाने बाटो निर्माण गर्ने, सिम्लफाट कृषि सडक निर्माण गर्ने, भञ्ज्याङ देखी   बाराही डोल सात मुल मोटर बाटो निर्माण स्वास्थचौकीबाट विष्ट टोल हुँदै हात्ती बन मोटरबाटो निर्माण गर्ने, तामाङ बस्ती जाने गोरेटो बाटो मर्मत गर्ने, रोमी महर्जनको घर देखी   चर्च घर जाने बाटो निर्माण गर्ने, रामशरण खत्रीको घर देखी   २०० मिटर गोरेटो बाटो निर्माण गर्ने, घट्टे खोला जाने गोरेटो बाटो निर्माण गर्ने, दलित बस्ती देखि मगर टोल जाने बाटो निर्माण गर्ने र भोले दाइको घर बाट गिता के.सीको घर सम्म बाटो निर्माण लगायत अन्य बाटोहरु आवश्यकता हेरी मर्मत गर्नुका साथै स्तरउन्नती गर्ने योजना रहेको वडा ४ का अध्यक्ष खड्काले बताए ।
खानेपानी समस्याको समधानका लागि सातमुल खानेपानी आयोजना व्यवस्थित गरेर मिनिरल वाटर फ्याक्ट्री जनताको सेयरमा संचालन गरी सम्पूर्ण वडाबासीहरुका लागि निशुल्क पानी वितरण गर्ने, दलित बस्ती खानेपानी आयोजना व्यवस्थित गर्ने र अन्य पानीको श्रोत संरक्षण गर्ने योजना वडा नं ४ ले बनाएको छ ।
वडामा रहेको सार्वजनिक जग्गाहरु संरक्षण गर्ने, बासबारी तामाङ बस्ती जाने बाटोमा सोलार बत्ति जडान गर्ने, दलित समुदायको क्रियापुत्री भवन ट्रस्ट निर्माण गर्ने, स्वस्थ्य चौकीमा एमर्जेन्सी सामान व्यवस्थापन गर्ने र सातमुलमा फन पार्क निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष खड्काले बताए । पर्यटनको लागि चम्पेश्वरमा पिकनिक सेडमा उध्यान सहित भ्युटावर निर्माण गर्ने, बनको सिमानार्थ काडेतार लगाउने र कुकेट प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना वडा अध्यक्ष खड्काले बताए ।
यस वडाको शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पहल गर्ने, शिशु कक्षा संचालन गर्ने र विपन्न एकल अपांगता भएका नागरिक सचेतना केन्द्रका महिलाहरुको लागि क्षमता विकास कार्यक्रम गर्ने योजना वडा नं.४ ले बनाएको छ ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने र अशक्तहरुलाई घरघरमै उपलब्ध गराउने योजना बनाएको अध्यक्ष खड्काले बताए ।
महिलाहरुको रचनात्मक र सृजनशीलको विकास गर्न विभिन्न शिपमुलक तालिम तथा आयमुलक तालिकाहरु संचालन गर्ने साथै महिलाहरुलाई कृषि औजार वितरण गर्ने योजना वडा नं. ४ले बनाएको छ ।

वडामा रहेका सांस्कृतिक र पुरातात्विक महत्व बोकेका  ऐतिहासिक मठ मन्दिर संरक्षण गर्ने र करको महत्व बुझाउन जनचेतना मुलक कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए।

वडा कार्यलयमा आउने सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा प्रदान गर्ने योजना वडाले बनाएको छ ।
दक्षिणकाली नगरपालीका वडा नं. ४ का अध्यक्ष पुष्कर खड्काको साथमा मीना थापा मगर, उषा दर्नाल रेक्सन तामाङ र सानु बाबु श्रेष्ठ जनप्रतिनिधिहरु रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।