यस्तो बन्नेछन काठमाडौं क्षेत्र नं ४ का दुई प्रादेशिक क्षेत्र

यस्तो बन्नेछन काठमाडौं क्षेत्र नं ४ का दुई प्रादेशिक क्षेत्र

कपन अनलाइन 

काठमाडौ,भाद्र १५ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौ जिल्ला को क्षेत्र नं ४ को पुरानै भूगोललाई कायम राखेर क्षेत्र निर्धारण गरिएको छ । पहिला क्षेत्र नं ४  मा बुढानिलकण्ठ नगरपालिका का वडा नं १,२,८,९,१०,११,१२ र १३ रहेका थिए भने काठमाडौं महानगरपालिका का वडा नं १,७,८ र ३० रहेका   थिए ।

प्रत्येक केन्द्रिय निर्वाचन क्षेत्रमा २ वटा प्रदेस सभाका क्षेत्र हुने प्रावधान अनुरुप काठमाडौं क्षेत्र नं ४ मा पनि नगरपालिका र महानगरपालिका गरेर २ वटा प्रादेशिक क्षेत्र निर्धारण गरिएको छ ।

जसमा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १,२,८,९,१०,११,१२ र १३ को एउटा प्रादेशिक निर्वाचन क्षेत्र बन्ने छ भने काठमाडौं महानगरपालिकाका वडा नं १,७,८ र ३० रहेको अर्को प्रादेशिक क्षेत्र बन्ने छ।

तपाइँको प्रतिक्रिया ।