बुढानिलकण्ठ नगरपालिका प्रमुखको अपिल
कपन अनलाइन
काठमाडौ,भाद्र ४ ।
बुढानिलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलन कार्य नेताको घरमा भएको भन्दै नगरपालिका कार्यालयमा तालावन्दी गरिएपछि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गरेर समस्याको समाधान खोज्न अपिल गरेका छन ।
अपिलमा उनले सत्य तथ्य बुझेर सबैको सहमतीमा आवश्यक काम कारबाही अगाडी बढाइने प्रतिवद्दता व्यक्त गरेका छन ।उनले अपिलमा सबैखाले बेठीक शैलिको विरोध गर्नु जनताको मौलिक हक रहेको र नगर प्रशासनले पनि यस्ता कार्यशैलिको विरोध गर्ने उल्लेख गरेका छन ।
यस क्रममा नगर प्रमुखको नाम नै तोकेर दादागिरी प्रस्तुत भयो भन्ने भनाईहरु प्रति गम्भिर ध्यानाकर्षण भएको उनले अपिलमा उल्लेख गरेका छन ।
बुढानिलकण्ठ नगरपालिका प्रमुखको अपिल :
आदरणिय बूढानिलकण्ठ नगरवासी आमाबुबा, दाजुभाई तथा दिदी बहिनिहरु,
आम नगरवासि बाट आफ्नो मौलिक हक उपयोग गर्न तिव्र इच्छा प्रकट गर्दा समेत मतदाता नामावलीमा नाम लेखाउनको लागी निर्वाचन आयोगले सहज र सुलभ व्यवस्था गर्न नसकेको कारण आम नगरवासीले भोग्नु परेको असुबिधा र प्रति हामी अत्यन्तै दुखी छौँ।
तोकिएको समय भित्र दर्ता भएका फारमहरुको फोटो खिचाउने कार्य सम्पन्न हुन नसक्ने अवस्था रहेको जानकारी निर्वाचन कार्यालयलाई गराउँदा समेत आवश्यक स्रोत र साधन उपलब्ध हुन नसक्नुले आज धेरै जनताहरु मतदान अधिकार बाट बञ्चित हुने होकी भन्ने आशंका उब्जाएको छ।
यसै सन्दर्भमा, ‘हिजो मिति २०७४ साल भाद्र ३ गते शनिबार साँझ मतदाता नामावली संकलनको लागी खटिएका कर्मचारीले कार्यालय समय पश्चात कार्यालय भन्दा बाहिर फोटो खिचाउने क्रममा समातिएको’ भन्ने खबरहरु सामाजिक सञ्जाल मार्फत र टलिफोन मार्फत हामीले जानकारी पाएका छौँ। यस क्रममा नगर प्रमुखको नाम नै तोकेर दादागिरी प्रस्तुत भयो भन्ने भनाईहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
सबैखाले बेठीक शैलिको विरोध गर्नु जनताको मौलिक हक हो र नगर प्रशासन पनि यस्ता कार्यशैलीको विरोध गर्दछ।
निर्वाचन कार्यालय अन्तर्गत भइरहेको काममा बूनपा र यसको नेतृत्व माथि आरोप लगाइनुले हामीलाई सचेत बनाएको छ। जे जस्तो घटना घटेको भन्ने जानकारीहरु आएको छ। यसको सत्य तथ्य बुझेर सबैको सहमतिमा आवश्यक काम कारबाही अगाडी बढाइने जानकारी गराउन चाहन्छु।
तसर्थ, सकारात्मक र समाधान मुखी बाटो खोज्नको लागी आम नगरवासी, राजनितिक दल, नागरिक समाज सबैमा हार्दीक अपिल गर्दछु।
उद्दव प्रसाद खरेल
प्रमुख
बूढानिलकण्ठ नगरपालिका