समाजसेवी सम्मानित

कपन अनलाइन 

काठमाडौँ, २१ साउन । बालविवाह एवं दाइजो उन्मूलनका क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानद्वारा यहाँ आयोजित कार्यक्रममा सम्मानित हुनेमा कुन्ती भट्ट (बैतडी), प्रियंका हरिजन (रुपन्देही), सुनिताकहार (कपिलवस्तु), सीमा केएम (प्युठान), नागेन्द्र साह (धनुषा), विनोद जोशी (कैलाली), नन्दकिशोर यावद (महोत्तरी), सुशील कुशवाहा (सर्लाही), चन्द्रकुमार यादव (सिरहा), अहमद अन्सारी (बारा) र सुनिलकुमार सरफी (बारा), सफल भण्डारी (सिञ्धुपाल्चोक) लगायत रहेका छन् ।

यसैगरी संस्थागततर्फ नेपाल प्रहरी, राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ), बेलायती सहयोाग नियाग रहेका छन् । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संयुक्तरुपमा उनिहरुलाई सम्मान गरेको थियो ।

अभियानका संयोजक राजकुमार महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानका सद्भावनादूत नायिका श्वेता खड्का र डा सिके सिंहले बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो औँल्याएका थिए ।

तपाइँको प्रतिक्रिया ।