नागार्जुन नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

 कपन अनलाइन 

काठमाडौँ साउन १९  ।

नागार्जुन नगरपालिका वडा नं  ७ भित्र पर्ने भगबती मार्ग हुदै स्विजरल्याण्ड पार्क जाने बाटोको स्तर उन्नति गर्ने, मालाको पसलबाट स्वाती गाउँ जाने बाटो स्तरउन्नति गर्ने ,स्वाती गाउँको केहि बाटोहरुको ढलान, मर्मत र सुधार गर्न्ने, गोतामे थोक चुरी घाटीमा पर्खाल निर्माण कार्य सम्पन्न हुदै गरेकाले महादेव थान तलको पुरी गाउँको पर्खाल सहित सडक स्तरउन्नति कार्य केही भाग भइसकेको बाँकी रहेको पुरा गर्ने रमहाकालबाट गोतामे थोक सम्मको बाटो सडक ड्रेन,पर्खाल सहित पाच बर्ष भित्रमा कालो पत्रे गर्ने मुख्ये योजना रहेको  वडा नम्बर ७ का वडा अध्यक्ष रमेश प्रसाद गौतमले बताए ।

वडाबासीहरुलाई खानेपानी सहज बनाउन स्वाती गाउँमा पहल भैरहेको,प्वाके चौर खानेपानी योजनाको काम सुरु हुदै गरेको र  हुसनटार बृहत खानेपानी योजनाको काम चाडै सुरु गर्ने र वडाको पहलमा बैरेनीटारमा बृहत खानेपानी योजनाको लागी आवश्यक काम अगाडी बढाएको वडा नम्बर ७ ले जनाएको छ ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता सहजरुपमा बितरण गर्ने अस्वस्थ जेष्ठहरुलाई सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउन पहल गंर्नुका साथै महिलाहरुलाई सिपमुलक तालिम दिई आय आर्जनमा लगाउने र हुसानटारमा खेलकुद मैदान निर्माण गर्न्ने, युवा स्वरोजगारका कार्यक्रम चलाउने योजना वडा नम्बर ७ का अध्यक्ष गौतमले बताए ।

सार्वजनिक जग्गाहरुको संरक्षण गर्दै बृक्षारोपण गरिनुका साथै उचित स्थान जेष्ठ नागरिक बिश्रामस्थल,सामुदायीक भवन निर्माण गर्ने र स्विजरल्याण्ड पार्कमा बालबालिकाहरुका लागी बिशेष पार्क निर्माण गर्न्ने योजना वडा नम्बर ७ ले बनाएको छ ।

वडामा रहेका शैक्षिक सस्थाहरुको गुणस्तर वृद्धिका लागी बिशेष पहल गर्नुका साथै वडा भित्र रहेका कृषि सहकारी समुहलाई प्रोत्साहन हुने खालका कार्य अघि बढाउने र सार्वजनिक सौचालयको निर्माण गर्नुका साथै पानी ट्यांकी  माथी कवर्ड हल बनाउने वडा नं  ७ ले योजना बनाएको छ ।

नारायण पोख्रेल प्रतिष्ठानमा बद्री नारायण धाम निर्माण गर्ने र वडामा रहेका पन्चकन्या मन्दिर,कौड भगबती मन्दिर,कृष्ण मन्दीर ,बिन्दबासीनी मन्दिर,काली  मन्दिरको संरक्षण गर्नुका साथै पुराना कला सस्कृतिको संरक्षण गर्ने योजना वडा नम्बर ७ ले बनाएको छ ।

वडा नं ७ मुख्य सडक र चोकमा सडक बत्ती हाल्ने, कलंकी- स्युचाटार -हुँदै भिमढुङा सम्म बस संचालन गर्ने र वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई सरल,सहज सेवा दिने योजना रहेको वडा नम्बर ७ का अध्यक्ष गौतमले बताए ।

तपाइँको प्रतिक्रिया ।