नागार्जुन नगरपालिका वडा नं १० का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं १० का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन १९ ।

नागार्जुन नगरपालिका वडा नं १० भित्रका सबै वस्ती र बाटोहरुमा पुर्ण ढल र नालीको ब्यबस्थापन गरिसके पछी मात्र सडकको मर्मत ,सुधार र विस्तार गर्ने मुख्य योजना रहेको वडा नं १० का अध्यक्ष सुन्दर बहादुर के .सीले बताए ।

वडा नं १० का मुख्य तथा सहायक सडकहरुमा  सालिक चोक देखि अ्मर ज्योति मार्ग ,ए ल आर स्कुल देखि चर्च सम्म कालोपत्र गर्ने र  भित्री बाटो आवश्यकता हेरी विस्तार र ढलान गर्ने योजना वडा नं १० ले बनाएको छ ।

वडा नं १० को खानेपानीको समस्या समाधानको लागी वडाका विभिन्न स्थानमा खनिएका बोरिङ ब्यबस्थित गर्न पहल गर्ने भएका इनारहरुको  संरक्षण गर्ने योजना रहेको अध्यक्ष के.सीले बताए ।

जेष्ठ नागरिकहरुको  सामाजीक सुरक्षा भत्ता अशक्तको लागि बैंककै प्रतिनिधि मार्फत घरघरमा मा पुर्याउने योजना वडा नं १० को रहेको छ ।यसका अलावा जेष्ठ नागरिकहरुका लागी अन्य कार्यक्रमहरु तय गर्ने वडा नं १० ले जनाएको छ ।

वडाको वातावरण संरक्षणका लागी  प्लास्टिक झोलाको प्रयोग न्यूनीकरण गर्नुका साथै फोहर  ब्यबस्थापन  उचित तरिकाले गर्न पहल गर्ने अध्यक्ष के.सीले बताए ।

वडामा रहेका प्रत्येक  घरहरुको अभिलेख राख्ने र जनतालाई करको दायरामा ल्याउन जनचेतनामूलक कार्यक्रम गर्ने वडा नं १० को योजना रहेको छ ।

लोकतान्त्रिक जनआन्दोलनका सहिद प्रधुम्न खडकाको शालीक नजिक भएको बाल उद्दान ब्यबस्थित गर्ने योजना वडा नं १० को रहेको छ।साथै वडाको पायक पर्ने स्थानमा सार्वजनिक सौचालय निर्माण गर्नेयोजनामा वडा नं १० रहेको छ  ।

वडाको कृषि योग्य जमिनको उचित प्रयोग गर्न कृषि तालिमका साथ अन्य आयमुलक तालिमलाई ब्यबस्थित गर्ने र तालिम तालिमको लागि मात्र नगरी ब्यबहारिक हुने तालिम मात्र संचालन गर्ने अध्यक्ष के.सीले बताए ।

वडामा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षण गर्नुका साथै खेलकुदको लागी  युबा क्लब संग समन्वय गरी विविध कार्यक्रम गर्ने योजना वडा नं १० को रहेको छ ।

वडा नं १० लाई गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी वडामा रहेको  अमर ज्योति सामुदायीक बिधालयको पुर्वाधार बिकास साथै अन्य कुरामा समन्वय गर्ने र निजि बिधालयमा पनि जिल्ला शिक्षा कार्यलयको मापदण्ड भित्र रहेर संचालन गर्न र छात्रवृत्तिको लागि अनुगमन गर्ने अध्यक्ष के.सीले बताए ।

वडा नं १० मा रहेको स्वस्थ्य चौकीको स्तरुन्नती गरी  प्राथमिक उपचार केन्द्र बनाउने र सेवाग्राहीलाई छिटोछरितो कामको लागि सहजीकरणका साथै कार्यलयमा सुशासन कायम गराउन कार्य सुरुवात गरिसकेको वडा नं १० का अध्यक्ष के.सीले बताए  ।

वडा नं १० मा रहेका धार्मिक सम्पदाहरुको संरक्षण गर्नुका साथै महिला लक्षित शिपमुलक र रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने वडा नं १० ले बताएको छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।