मानेभन्ज्याङ गाऊपालिका वडा नम्बर २(ओखलढुंगा) का योजना तथा कार्यक्रमहरु

मानेभन्ज्याङ गाऊपालिका वडा नम्बर २(ओखलढुंगा) का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

ओखलढुंगा,साउन १०।

केत्तुके –बौद्ध- हिटी वाक्सा  मोटर बाटो स्तरउन्नति गर्दै ठुला यातायात संचालन गर्दै वडामा बसपार्क बनाउने आफनो मुख्य योजना रहेको ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाऊपालिका वडा नम्बर २ का अध्यक्ष उमेश कार्कीले बताए ।

वडाका टोल बस्तीमा मोटर बाटो खोल्दै १ बर्ष भित्रमा दूधकोसी एकवारमा जोड्ने वडाले योजना बनाएको छ ।यसैगरी वडाबाट गाऊपालिका केन्द्र हुदै काठमाडौं र कटारीसम्म बस र जिप संचालन गर्ने योजना वडाको छ ।  वडाको उचित स्थानमा खेलकुद मैदान निर्माण गर्ने योजना वडा नम्बर २ को रहेकोछ ।

प्रस्ताबित मनकामना माबीलाई स्थायी  स्वीकृति गराई  प्रावधिक शिक्षालय सहितको उच्च शिक्षालयको रुपमा संचालन गर्ने र वडामा रहेका सबै विधालयमा अंग्रेजी माध्यमबाट पढ़ाई संचालन गराउने र सबै विद्यालयमा इन्टरनेट सुबिधा पुराउदै र भौतिक पूर्वाधार कमजोर रहेका बिधालयलाई स्तरउन्नति गर्ने वडाको योजना रहेको छ ।

स्वास्थ्य चौकी भवनका लागी जग्गा प्राप्त भैसकेको हुदा नया भवन निर्माण १ बर्ष भित्र सम्पन्न गरी प्रसुतिगृह  सहित २४ घण्टा एम्बुलेन्स सेवा संचालन गर्ने वडा नं २ को योजना रहेको छ ।

राईगाऊ,ठुला गाऊ,सलझारी आदि ठाउँमा रहेको खानेपानीको  मुहानलाई संरक्षण गरी खानेपानी बितरण गर्ने वडाको योजना रहेकोछ । वडामा संचालित सिचाईलाई संरक्षण गर्दै वडाका सबै ठाउँमा सिंचाई सेवा पुयाउने अध्यक्ष कार्कीले बताए ।

वडाका सबै स्थानमा केन्द्रीय विधुतिय लाइन बितरणमा पहल गर्ने योजना वडाको छ । वर्षको १ पटक जेष्ठ नागरिकलाई  सम्मान गर्ने , घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने र गरीव घर परिवार  पहिचान गरि सो लक्षित कार्यक्रम बनाउने अध्यक्ष कार्कीले बताए ।

कृषकलाई आधुनिक कृषि तालिम दिई अदुवा, अलैची,कफी  जस्ता नगदे बाली खेति गर्न प्रोत्साहित गर्ने योजना वडाले बनाएको छ ।

सामुदायीक वनको संरक्षण गरी नांगा डाडा पाखामा वृक्षारोपण गर्ने, मठ मन्दिर पुरात्त्वातिक गुफा धर्मशाला आदीको  संरक्षण गर्नुका साथै  लिब्जुमा बनभोज स्थल बनाउने  र उक्त्र स्थानमा ३ बर्ष भित्र भ्यु टावर  निर्माण गर्ने र वडाका अन्य स्थानलाई  पर्यटकीय स्थानको रूपमा  विकास  गर्ने योजना वडा नं २ ले बनाएको छ ।

महिला, युवा र लक्षित बर्गलाई आयमुलक  व्यवसाय एवम क्षमता विकासका तालिमहरु संचालनको व्यवस्था  मिलाउने वडाको योजना छ । पुननिर्माण गरिरहेका जनताको अनुदान किस्ता सहज बनाउदै वडा नं २ लाई विकास र परिवर्तन गर्दै  सवल नमुना वडा बनाउने अध्यक्ष कार्कीले बताए  ।

 

तपाइँको प्रतिक्रिया ।