ज्येष्ठ नागरिकका लागी युवा अभियान
कपन अनलाइन/निर्मला भट्टराई
आज नेपाली समाज विभिनन कारणले विक्षिप्त बनिरहेको छ । समाजमा अनगिन्ती विकृतीयुतक्त कामहरु छताछुल्ल देखिन्छन, सुनिन्छन । मानिसहरु पैसा कमाउन आफ्नो इज्जत जुनसुकै तवरमा पनि बेच्न पछि पर्दैन्न । बाच्न कै लागी त्यस्ता कार्य गर्ने भन्दा पनि समाजमा ठुलाठालु बन्न त्यस्ता बिकृतिपुर्ण कार्य गर्नेहरुको जमात धेरै छ । त्यसता मानिसहरु र समाजको भिडमा एउटा फरक उत्तरदायीपुर्ण काम गरिरहेकाछन रिपिङहोपमा आवद्ध युवाहरुले । सन् २०११ मा युवाहरुद्धारा स्थापन गरिएको सस्था रिपिङहोपले युवाहरुलाई परिचालन गरेर ज्येष्ठ नागरिकहरुका लागि सस्कार र उत्तरदायी पुर्ण कार्य गरिरहेका छन ।
वि.स. २०७२ को भुकम्पले विक्षिप्त भएका साहारविहिन ज्येष्ठ नागरिकहरुलाई खानेकुरा, कपडा दिने देखी अस्थाइ घर सम्म बनाइदिन सफल युवाहरुको समूहले एउटा फरक कामको थालनि गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिकाको भिमढुङ्गा स्थित एकल साहरा विहिन ज्येष्ठ नागरिकहरुलाई मासिक खानेसामान को व्यवस्था गर्न लागि परेको छ । यस कार्यकोलागि देश विदेशमा बस्ने सहृदयी युवाहरुले साथ दिएका छन रिपिङ होपका युवाहरुलाई । त्यस कार्यसगं सम्बन्धित केही फोटोहरु यस प्रकार छन ।
हालसम्म माथि देखिनु भएका सम्पुर्ण ज्येष्ठ महिलाहरुलाई दिने सामानको लागि जानुका जस्तै थप ७ जनाले रिपिङहोपमा आवद्धता जनाई सक्नु भएको छ । उतm सहयोगी मनहरुलाई उच्च सम्मान गदै रिपिङहोपका युवाहरु उत्साहाका साथ त्यस्तै विपतमा परेका साहारा विहिन ज्येष्ठ नागरिकहरुको खोजीमा देशदौडाहामा निस्केका छन । रिपिङ होपले यो उत्तरदायी पुर्ण र सस्कारयुतm कार्यलाई देशव्यापी पुर्याउने लक्ष्य राखेको छ । यस महान कार्यमा सहयोगी मनहरुलाई सधै स्वागत गर्ने र युवा र ज्येष्ठ नागरिकहरुको दुरी कम गर्दै जाने कार्यमा रिपिङ होपका सधै क्रियाशिल रहनेमा यसमा संलग्न युवाहरु विश्वस्त हुनु हुन्छ ।