शंखरापुर नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

शंखरापुर नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन ८।

शंखरापुर नगरपालिकाको इन्द्रायाणी देखी कागेश्वोरी नगरपालिकाको सिमाना सम्म ६ मिटर कालोपत्र गर्ने र  १० मिटर सडक चौडा बनाउने मुख्य योजना रहेको संखारापुर नगरपालिका वडा नं ९ का अध्यक्ष घनश्याम थापाले बताए ।

यस वडाका ३४ वटा शाखा सडकहरुको स्तरउन्नति गर्दै वर्षायाम भरिमा साइड ड्रेन निर्माण गरी ग्राभेल गर्ने योजना वडा नं ९ ले बनाएको छ ।

युवाहरुको क्रियाशीलता बृद्धि  र रचनात्मक विकासका लागी वडामा रहेको ८१ रोपनी सार्वजनिक जग्गा उपयोग गरी खेलकुद हब स्थापना गर्ने योजनामा वडा रहेको छ ।साथै वडाका सार्वजनिक जग्गा संरक्षण गरी सामुहिक उद्योग संचालन गर्न पहल गर्ने अध्यक्ष थापाको योजना रहेको छ ।

वडामा निर्माणाधीन जेष्ठ नागरिक ग्रामलाई यथासिघ्र सक्नका लागी  पहल गर्नुका साथै सामाजिक सुरक्षा भत्ता सम्बन्धित जेष्ठ नागरिकहरुको हातहातमा पुर्याउने योजना वडाको रहेको छ ।

यही श्रावण मसान्त सम्म वडालाई पुर्ण खोप युक्त र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजना बनाएको अध्यक्ष थापाले बताए । वडाका वालवालिकाहरुको हक ,अधिकार र स्वामित्व स्थापित गर्न वडालाई वालमैत्री र वाल श्रमिक मुक्त वडा घोषणाको तयारी वडाले गरेको छ ।

वडा भित्रका संघ सस्था संग समन्वय गर्दै तीन वटा खुलालटार, सानागाउ र इन्द्रायणीमा सार्वजनिक शौचालयको निर्माण गर्ने योजनामा वडा रहेको छ ।

भुकम्प ले क्षतिग्रस्त इन्द्रायणी मन्दिर पुरातत्त्व बिभाग बाट पुरानै शैलीमा पुनर्निर्माण कार्य थालिएको अध्यक्ष थापाले बताए ।त्यस्तै वडामा अनाधिकृत रुपमा वालुवा निकालिएकोले  बालुवाखानीलाई बन्द गरेको वडाले जनाएको छ ।

वडा भित्र रहेका कृषि योग्य जमिनको प्रयोगका लागी कृषि बिज्ञ सङ परामर्श गरी अर्गानिक खेतीलाई  प्रोत्साहन गर्ने र आधुनिक कृषि प्रणालीको विकास गर्न काम सुरु गर्ने योजनामा वडा नं ९ रहेको छ ।

शैक्षिक योजना तर्फ राष्ट्रिय माबीमा इ लाइब्रेरी स्थापनाको पहल गर्नुका साथै अन्य विद्यालयलाई पनि उचित सहयोग र प्रोत्साहन गर्ने अध्यक्ष थापाले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ वडाका महिला समुह र संजाल संग छलफल गरि शिपमुलक र रोजगार मुलक कार्यक्रम संचालन गर्ने योजनमा वडा रहेको छ ।

खानेपानीको समस्या समाधान गर्न वडावासीको भेला र सल्लाहमा योजना  निर्माण गरी काम अगाडी बढाउने वडाले बतायो।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।