शंखरापुर नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

शंखरापुर नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन ७ ।

शंखरापुर नगरपालिका  वडा  ६ वडा  भित्र भुकम्पले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्न पुरातत्व विभाग संघ मिलेर काम गर्ने आफ्नो मुख्य योजना  रहेको  शंखरापुर नगरपालिका ६ वडाका  अध्यक्ष राधाकृष्ण श्रेष्ठले कपन अनलाइन बताएका छन्  ।

कृषि  सडक ग्राबेल गर्ने काम सम्पन्न भैसके हुदा  अब स्तर उन्नति गरि कालोपत्र गर्ने र  वडाभरी सडकबत्ति  जडान गर्ने योजनामा  वडा रहेको  छ । वडा भित्र रहेका सर्बजनिक जग्गा संरक्षण गरि उचित स्थान हेरेर स्थानीय  खेल्कुद बिकासको लागि रंगशाला  निर्माण गर्ने र लक्षित बर्गको कार्यक्रतर्फ महिला र युवाहरुको लागी उपयोगिता र प्रभावकारिता हेरेर विविध तालिम तथा उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्ने योजनामा ६ वडा रहेको छ ।

वडा नबर ६ भित्र पर्यटन आकर्षकको केन्द्रको रुपमा रहेको साखु ३३ सय वर्ष  पुरानो भएकाले यसको प्राचीन र  पौराणिक महत्वपूर्णको जानकारी सबैलाई गराउने र यहाको  संस्कृतिको जगेर्ना गर्दै  नयाँ  पिढीलाई पनि आफ्नो संस्कृति प्रति आकर्षण गराउदै सिकाउने लाने आफ्नो अर्को प्रमुख योजना रहेको वडा अध्यक्ष बताउछन ।

वडा भरि इन्टरनेटको पहुच पुराएर फ्री वाई फाई सेवा दिने वडाले योजना बनाएको छ  । जेष्ठ नागरिकलाई घरमै  सामाजिक सुरक्षा भता दिने, सार्वजनिक सौचालय  निर्माण गर्ने, प्रतीक्षालय निर्माण  गर्ने योजनामा वडा रहेको छ ।

स्वस्थ्य चौकीमा प्रयोगशाला सहितको आधुनिक मेसिन जडान गरि दक्ष डाक्टर ल्याउने र कृषि  सहकारी खोली किसानको लागि विउ बिजन मल र बजारीकरण गर्न बिज्ञको सल्लाह  लिने वडाको योजना रहेको छ   ।

६ र ७ वडाको  राजकुलो  पुरानो अवस्थामा पानी फर्काउन  सफल भएकाले संरक्षण गर्ने र वडा र स्थानीय  जनता मिलेर खानेपानी  समस्या  समाधान  गर्नलाई हालसालै सातवटा धारा जडान गरिएको  साथै  साडे २ कि मि पाइप विछ्याइएर भक्तपुरको छालिङबाट पानी ल्याएर बितरण गरिएको वडाले जनाएको छ  । साखु आउने र  सबैका लागि  प्रवेशद्वार नजिक रहेको कलश  पोखरी सफा गरि पानीको फोहोरा सहितको आकर्षण  स्वागत बाटिका बनाउने योजनामा ६ वडा रहेको अध्यक्ष श्रेष्ठ  बताए    ।

तपाइँको प्रतिक्रिया ।