कपन बानेश्वर रास्ट्रिय साहित्यिक साप्ताहिकको सम्मान कार्यक्रम सम्पन्न

कपन बानेश्वर रास्ट्रिय साहित्यिक साप्ताहिकको सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,साउन ७ ।

कपन बानेश्वर रास्ट्रिय साहित्यिक साप्ताहिक  पत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा विशेष साहित्यिक  कार्यक्रम आयोजना गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्था,बिज्ञापन दाता  र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै खरेलले बुढानिलकण्ठ नगरपालिका भित्र एउटा साहित्यिक संग्रालय स्थापना गरी देश विदेशका साहित्यकारहरुलाई आकर्षित गर्ने योजना रहेको बताए । यसका लागी सबै साहित्यकार ,बुद्धिजीवी र सरोकारवाला पक्ष संग सम्बाद गरी कार्यक्रम तय गरिने उनले धारणा ब्यक्त गरे ।

साहित्यकार डा .राम प्रसाद ज्ञवालीले कार्यक्रममा बोल्दै साहित्यकार र बुद्धिजीवीहरुले नगरपालिकाको विकासका लागी बौद्धिक र प्राज्ञिक दुवै क्षेत्र बाट सहयोग गर्न सक्ने बताएका थिए  ।

साप्ताहिक रुपमा प्रकाशित कपन बानेश्वरले  नियमित रुपमा साहित्यिक रचनाहरु प्रकाशित गर्दै आएको छ । यस साहित्यिक साप्ताहिकले पौष ९ देखी १५ सम्म साहित्य सप्ताह आयोजना गरेको थियो । काठमाडौको उत्तरी भेगलाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न अभियान सन्चालन गरेको यस साप्ताहिकले निरन्तर साहित्यिक गतिविधि गर्दै आएकोछ ।

त्रिलोचन आचार्यको सभाध्यक्षता भएको उक्त कार्यक्रमको संचालन कपन बानेश्वर रास्ट्रिय साहित्यिक मासिकका सम्पादक निवन्ध आचार्यले गरेका थिए । आज दिउसो ३ बजे बानेश्वरमा अर्को साहित्यिक कार्यक्रम आयोजना गरेको पत्रिकाका सम्पादक निवन्ध आचार्यले कपन अनलाइनलाई बताए।    यस क्षेत्रका साहित्यकार हरुको घरमा परिचय सहित नाम पाता राख्ने योजनामा रहेको आचार्यले थपे ।

तपाइँको प्रतिक्रिया ।