काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ३ मत बदर
कपन अनलाइन
काठमाडौ,श्रावण २ ।
काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ३ मत बदर भएको छ । राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन । १६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं. १६ वडा दलित सदस्य ववी परियारले ९८ र वडा नंं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेका थिए ।
यस निर्वाचनका प्रतिस्पर्धी वडा नंं ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियारले ६१ मत र वडा नंं १९ का वडा सदस्य चन्द्रमान डंगोलले ६२ मत प्राप्त गरेका थिए ।
निर्वाचिनपछि सभाका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विजयी सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने न्यायिक समितिका संयोजक एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रमाण पत्र प्रदान गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।