जिल्ला खेलकुद विकास समिति काठमाडौ द्वारा विद्यालयहरुलाई नगद पुरस्कार प्रदान
कपन अनलाइन
काठमाडौँ,असार २८।
जिल्ला खेलकुद विकास समिति काठमाडौले नवौ राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा बिजेता विद्यालयहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय ज्ञानेश्वरमा भएको कार्यक्रमामा प्रथम र दितीय हुने विद्यालयहरुलाई क्रमस ५०,००० र २५,००० नगद पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सैनिक मावी काठमाडौँ प्रथम र सेक्रेट हार्ट मावी ,गोलढुंगा दितीय भएका थिए । सोहि कार्यक्रममा काठमाडौँ जिल्ला भरिका प्रतियोगिता मा सहभागी सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई नगद १०००० प्रदान गरिएको थियो । यसै अवसरमा न्यु डायमण्ड क्लव बालाजुलाई भलिवल खेलमा योगदान पुर्याए वापत नगद १०००० प्रदान गरिएको थियो ।
सहभागीको तर्फबाट सेक्रेट हार्ट मावीका प्रतिनिधिले यस्ता कार्यक्रम र प्रतियोगिताले विद्यार्थीरुको क्षमता विकास र सृजनशीलता बढाउन सहयोग पुग्ने बताए ।
यस्ता प्रतियोगितामा अझै विद्यालय र विद्यार्थीको संख्या बृद्धि गरि आवस्यक स्थानमा जिल्ला बाट प्रशिक्षक उपलव्ध गराउने प्रतिवदत्ता जिल्ला खेलकुद विकास समिति काठमाडौका अध्यक्ष धुर्वराज न्यौपानेले बताए ।
कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद समितिका उपाध्यक्ष बद्री भट्टराई ,कोषाध्यक्ष केसव श्रेष्ठ ,सदस्यहरु देवराज लामा ,दिपा वन , देवेन्द्र तन्डुकार ,जय गुरुङ ,सुर्य बुढाथोकी,कार्यालय प्रमुख लीलाराम बस्नेत तथा सहभागी विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।