कपनमा सार्वजनिक सवारी साधनको मनपरि
कपन अनलाइनकपन गा.वि.स काठमाडौं उपत्यका भित्रको अधिक जनसंख्या भएको गा.वि.स मध्ये एक हो । सेवा तथा सुविधाका आधारमा भन्ने हो भने पनि केहि विकसित गा.वि.स नै हो तर पनि मानसिकता र आचरण अनि जनताले पाउने दैनिक सेवा र सुविधामा यस क्षेत्रका जनता प्रत्यक्ष मारमा पर्ने गरेका छन ।
सार्वजनिक भाडाका यातायात अहिले कपन गा.वि.स अन्र्तगत पर्ने स्थानमा ५ वटा समितिहरु छन । जसमा कपन बगलामुखी,सेतो माइक्रो समिति, निलो माई क्रो समिति ,स्वयम्भु यातायात तथा संयुक्त यातायात रहेका छन । यति धेरै मात्रमा यातायताका समितिहरु भएपनि यहाँका मानिसहरुले त्यसबाट साधारण रुपमा चित्त बुझाउने सुविधाका रुपमा समेत प्रयोग गर्न पाएका छैनन । सवारी चालकको लापरवाहि, यात्रुसंग अनावश्यक वादविवाद, क्षमता भन्दा बढि यात्रुहरुको प्रयोग, विद्यार्थी सहुलियत मा अनावश्यक विवाद जस्ता कुराहरुले दिक्क बनाएको बताउछन यस क्षेत्रमा बसोबास गर्नेहरु । सदाचार, सहयोगी भावना, सकारात्मक सोच सुविधाको सहि प्रयोग र उपयोगका साथै सुन्दर कपनको पहिचान बनाउने यस्ता जनसरोकारका पक्षमा जानकार राख्न खोज्नेहरु पनि कमै मात्रमा पाईन्छन् । आफुलाई पर्दा हारगुहार माग्नेहरु अरुलाई पर्दा खुच्ङ्गिग गर्नमा दङ्ग हुनाले पनि सार्वजनिक यातायातको मनपरी चलेको हो भन्दा फरक नर्पला । सार्वजनिक भाडका सवारी साधानहरुको मुल्य बृद्धि हुदाँ यसले दिने सेवा र सुविधामा समेत परिवर्तन देखिनु जरुरी छ ।
विभिन्न जिल्लाबाट आफ्नो उच्च शिक्षा आर्जन गर्न काठमाडौं पसेका धेरै विद्यार्थीहरुले समेत यस क्षेत्रको सार्वजनिक भाडाका साधनहरुको मनपरीतन्त्र निकै बढेको गुनासो गरिरहेको यो अवस्थालाई सम्बन्धित सरोकारवालाहरुले समयमा नै ध्यान दिन सके यस क्षेत्रको पहिचान राम्रो बन्ने थियो ।
-बद्रि भट्टराई