कपन गाविसले विपत् व्यवस्थापन समिति बनायो

DSC_1342कपन अनलाइनप्राकृतिक तथा अन्य हिसाबले आइपर्ने विविध समस्या सम्बोधन गरिने गरी कपन गाविसले विपत् व्यवस्थापन समिति निर्माण गरेको छ । विपत् आउनु पूर्व सजगता तथा विपत् पश्चात उद्धारका काममा यस समितिले कार्य गर्नेछ । गाउँ विकास समितिको अध्यक्ष संयोजक रहने यस समिति २५ सदस्यीय रहनेछ । जसमा क्रमशः गाविस अध्यक्षको रुपमा सचिव लोमस आचार्यले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने कपन प्रहरी प्रभागका प्रमुख, नेपाल रेडक्रश सोशाइटी कपन शाखा प्रमुख, कपन स्वास्थ्य चौकी प्रमुख पदेन सदस्य रहने छन् । त्यसैगरी वडा नागरिक मञ्चका अध्यक्षहरु क्रमशः वडा नं. २ का लक्ष्मण अधिकारी, वडा नं. ४ का राजु अधिकारी, वडा नं. ५ का भावना के.सी.,वडा नं. ६ का केदार खड्का, वडा नंं. ७ का रामभक्त गौतम, वडा नंं ८ का जय बहादुर लाामा, वडा नं. ९ का सुदर्शन के.सी यस समितिका सदस्यका रुपमा रहने छन् । त्यसैगरी सरकारी विद्यालयका प्रतिनिधिका रुपमा मुकुन्द बुढाथोकी र राजन रेग्मी रहेका छन् । कपन गाविसले विपद् व्यस्थापन कोषको पनि यसै सालदेखि स्थापना गरेको छन् । यस कोषमा रु. एक लाख जम्मा गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।