बुढानिलकण्ठ नगरपालिका द्वारा जनप्रतिनिधिलाई योजना तर्जुमा तालिम प्रदान
कपन अनलाइन
काठमाडौँ,असार २५ ।
बुढानिलकण्ठ नगरपालिकाले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकार, योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ ।
बूढानीलकण्ठ नगरपालिका र ग्लोबल एक्शन नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा स्थानिय तह निर्धारण आयोगका संयोजक वालानन्द पौडेल, काठमाण्डौ महानगरपालिकाका कानुन शाखाका बसन्त आचार्य, स्थानिय विकास मन्त्रालयका अधिकृतले तालिम प्रदान गरेका थिए ।
कार्यक्रमका सहभागी हरुलाई समुहमा राखेर छलफल गराइनुका साथै विविध प्रस्तुतीकरणहरु गर्न लगाइएको थियो । त्यस अवसरमा सहभागी हरुले नमुना योजना पनि निर्माण गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।