दुनियाका एक चौथाई मानिस फेसबुकमा, फेसबुक प्रयोगकर्ता दुई अर्ब नाघे
कपन अनलाइन
सोसल नेटवर्किंगको दुनियामा क्रान्ति ल्याउने विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले अर्को किर्तिमान कायम गरेको छ ।फेसबुकका अनुसार विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ ।
यस हिसाबले विश्वमा एक चौथाई भन्दा धेरै मानिसले फेसबुक चलाउन थालेका छन् । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन् ः आज बिहान फेसबुक समुदायले २ अर्ब प्रयोगकर्ताको संख्या पार गरेको छ ।
उनका अनुसार फेसबुकले दुनियालाई जोड्ने तथा नजिक ल्याउने काम गरिरहेको छ ।स्मरण रहोस् फेसबुकपछि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल साइट यु ट्युब हो । जसका प्रयोगकर्ता डेढ अर्ब छ । त्यस्तै ह्वाट्सएपका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड छ । एजेन्सी
तपाइँको प्रतिक्रिया ।