कन्फेडेरेशन कपः पोर्चुगल आउट, चिली फाइनलमा

कन्फेडेरेशन कपः पोर्चुगल आउट, चिली फाइनलमा

कपन अनलाइन 

एजेन्सी, १५ असार । बुधबार राति भएको कन्फेडेरेसन कपको सेमिफाइनल खेलमा चिलीले पेनाल्टी सुटआउटमा पोर्चुगललाई पाखा लगाउँदै फाइनलको यात्रा तय गएको छ ।

अति नै रोमाञ्चक खेलमा दुवैले आक्रामक खेल खेलेका थिए । पहिलो हाफको सुरुवाती दश मिनेटभित्र दुवै टोलीले गोल गर्ने सानदार मौका सिर्जना गरेका थिए तर गोल

भने गर्न सकेनन् । निर्धारित ९० मिनेटको खेलमा कुनै पक्षबाट गोल हुन नसकेपछि खेल थप मिनेटमा पुगेको थियो । तर,थप समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियोे । चिलीका लागि गोल रक्षक ब्राभो नायक बने ।

उनले पोर्चुगलका खेलाडीहरु क्वारेश्मा, मार्टिन र नानीले हानेका प्रहार बचाइ दिए । चिलीका लागि भिडाल, चाल्र्स र सान्चेजे पेनाल्टी सुटआउटमा गोल गरेका थिए । पोर्चुगी स्टार रोनाल्डोले भने पेनाल्टी सुटआउटमा सहभागी भएनन् । खेलमा चिलीका गोलरक्षक ब्राभो म्यान अफ द म्याच धोषित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।